
सुमधुर स्वरका धनी ११ बर्षिय बाल गायक जेनिस उप्रेती चर्चित रियालिटी सो ‘द भ्वाइस अफ किड्स’को फाईनलमा प्रवेश गर्न सफल भएका छन्। अस्ति राती ८ बजेसम्म दर्शकले गरेको भोटको आधारमा जेनिश उत्कृट ८ मा पर्नु सफल भएका हुन्। दर्शकको भोटको आधारमा हिजो ८ जना बाहिरिएका छन् ।
जेनिश संगैं ८ जना फाईनल राउण्डमा प्रवेश गरेका छन् । टिम प्रमोदमा रहेका जेनिसको आमा लगभग ६ महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । उनको आमाले जेनिसलाई एक सफल गायक बनाउने सपना देखेकि थिइन् ।
आफ्नो निधन हुनु भन्दा पहिले एक भिडियो संदेश मार्फत जेनिसलाई जिताउन सबैसंग भोटको अपिल पनि गरेकी थिइन् जसको भिडियो अहिले पनि सामाजिक संजालमा भाइरल भैइरहेको छ ।
चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत जेनिसलाई यो सिजनको दावेदार मान्न थालिएको छ । ब्याटल राउण्डमा दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका जेनिशले ब्याटल राउण्डमा उदित नारायणको स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए ।
पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलको यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाएका थिए । हिजो भएको सेमिफाईनल राउण्डमा जेनिशले गायक आनन्द कार्कीको जनम जनम ज्युउला संगैं …. बोलको गित सुनाएका थिए ।
कोचहरुसंग कुरा गर्दै हिजोको शोमा जेनिसले निधन भएकी आफ्नो आमासंग दुई हात जोडेर आशिर्वाद मागेको दृश्यले सबैलाई भावुक बनाएको थियो। हेटौडामा जन्मेका जेनिशले झन्डै ८ बर्ष झापामा मावलीघरमा बितेको थियो । सोही क्रममा जेनिशले संगीतको कक्षा शुरु गरेका थिए ।
जेनिसालाई भोट गर्नको लागि खाल्ती एप्स डाउनलोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।