२०७९ जेष्ठ ४ बुधबार

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

कोरोना भाइरसको सं’क्र’म’ण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म ब’न्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ सं’क”ट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको केन्द्र प्रमुख राम प्रसाद थपलियाले बताए ।

‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले सं’क्र’मणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भने, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सि’फारिस गरिसकेका छौं ।’

मन्त्रिरपरिषद्ले निर्णले गरेपछि मात्र यो कार्यान्वयन हुनेछ । बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ ।  पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यो पनि ,, सुमधुर स्वरका धनी ११ बर्षिय बाल गायक जेनिस उप्रेती चर्चित रियालिटी सो ‘द भ्वाइस अफ किड्स’को फाईनलमा प्रवेश गर्न सफल भएका छन्। अस्ति राती ८ बजेसम्म दर्शकले गरेको भोटको आधारमा जेनिश उत्कृट ८ मा पर्नु सफल भएका हुन्। दर्शकको भोटको आधारमा हिजो ८ जना बाहिरिएका छन् ।

जेनिश संगैं ८ जना फाईनल राउण्डमा प्रवेश गरेका छन् । टिम प्रमोदमा रहेका जेनिसको आमा लगभग ६ महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । उनको आमाले जेनिसलाई एक सफल गायक बनाउने सपना देखेकि थिइन् ।

आफ्नो नि’ध’न हुनु भन्दा पहिले एक भिडियो संदेश मार्फत जेनिसलाई जिताउन सबैसंग भोटको अपिल पनि गरेकी थिइन् जसको भिडियो अहिले पनि सामाजिक संजालमा भाइरल भैइरहेको छ ।

चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत जेनिसलाई यो सिजनको दावेदार मान्न थालिएको छ । ब्याटल राउण्डमा दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका जेनिशले ब्याटल राउण्डमा उदित नारायणको स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए ।

पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलको यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाएका थिए । हिजो भएको सेमिफाईनल राउण्डमा जेनिशले गायक आनन्द कार्कीको जनम जनम ज्युउला संगैं …. बोलको गित सुनाएका थिए ।

कोचहरुसंग कुरा गर्दै हिजोको शोमा जेनिसले निधन भएकी आफ्नो आमासंग दुई हात जोडेर आशिर्वाद मागेको दृश्यले सबैलाई भावुक बनाएको थियो। हेटौडामा जन्मेका जेनिशले झन्डै ८ बर्ष झापामा मावलीघरमा बितेको थियो । सोही क्रममा जेनिशले संगीतको कक्षा शुरु गरेका थिए ।

जेनिसालाई भोट गर्नको लागि खाल्ती एप्स डाउनलोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।

२०७८ पुष २६, सोमबार प्रकाशित 1 Minute 80 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार