२०७९ श्रावण २५ बुधबार

लोक सेवाको उत्तरपुस्तिकामा मोवाइल नम्बर लेख्नेलाई २ वर्ष परीक्षा दिन रो’क

कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रो”क लगाउने निर्णय गरेको छ ।

आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४-५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी निवासी आइडी १४०५७ र रोल ४४६६ का नवीनकुमार रेउलेलाई आयोगले दुई वर्षसम्म कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रो”क लगाएको हो ।

आयोगको १६ गतेको बसेको बैठकले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुरमा रेउलेलाई आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रो”क लगाइएको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

‘परीक्षार्थी रेउलेले उक्त परीक्षा दिने क्रममा उत्तरपुस्तिकामा मोबाइल नम्बर लेखी फोन गर्न ‘अ’नु’रोध गरेको भेटियो’ प्रव’क्ता खत्रीले भने, ‘सो कसुर भेटिएकोले प्रदेश लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०७८ को दर्फा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम उनको परीक्षा रद्द गर्नुका साथै दुई वर्षसम्म उम्मेदवार हुनबाट रो”क लगाउने निर्णय भएको छ ।’

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 21 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार