२०७९ श्रावण २५ बुधबार

बिबाहको प्रस्ताव राखे लगत्तै प्रेमिका र आमासँग छुट्टी मनाउँदै किरण चेम्जोङ (भिडियो सहित)

काठमाडौं । विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन ।तर नेपालका गोलकिपर किरण चेम्जोङ भने माल्दिभ्समा लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् ।

भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टी मनाइरहेका छन् ।उनले माजियाबाट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमिकालाई विवाहको प्रस्ताव राखेका थिए । उनले होलिडे बिगेन्स भनेर जीवनको माया र नजिकको साथी भेटिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् ।

नेपाली फुटबल टिमका पूर्वकप्तान गाेलकिपर किरण चेमजोङ मैदानमा विपक्षीका क’डा–क’डा प्र’हा’रहरु रोक्न माहिर छन् । कहिले लम्केर, कहिले लडेर त कहिले उफ्रेर आजका दिनसम्म उनले सयौं प्र’हा’र’हरुलाई निस्तेज बनाइसके । तर, मैदानबाहिरको एउटा श’स’क्त प्र’हा”रले भने उनलाई ‘क’क्र’क्कै पारिदियो ।

यो प्र’हा’र अरु कसैको नभएर एक फ्यान गर्लको थियो । उनले किरणलाई फुटबलले होइन, आफ्नो मायाको झटारो हानेर घायल पारिदिएकी छन् । उनी हुन् कञ्चन निराैला ।पेशाले एयरहोस्टेस कञ्चन श्री एयरलाइन्समा कार्यरत छिन् । सुन्दरतामा उनी कुनै नायिका वा मोडलभन्दा कम छैनन् । उनी एक फ्यानगर्लका रुपमा नेपाली फुटबलका लिजेन्डसँग नजिकिएकी थिइन् ।

कहिलेबाट उनले किरणको दिलमा राज गर्न सफल भइन् त्यो त थाहा भएन, तर अब उनीहरुको प्रेम सम्बन्ध अफिसियल भइसकेको छ । हिजो माल्दिभ्समा आयोजित फुटबल लिगको उपाधि जितेसँगै किरणले कञ्चनलाई दुनियाँसामू परिचित गराइदिए । आफ्नो टिमका सामुन्ने प्रेमिकालाई लगेर उनले रोमान्टिक आसनसहित औंठी लगाइदिएपछि यो जोडीको विवाह पक्का भएको छ ।

करिब डेढ वर्षअघि स्वदेशमै आयोजित थ्रि नेसन्स कपमा सम्भवत पहिलोपटक कञ्चनले किरणलाई भेट्टाएकी थिइन् । किरणसँग फोटो खिच्ने चाहने फ्यानहरुको लाममा उनी पनि थिइन् । घुँडामा ठूलो भ्वाङ परेको पाइन्ट लगाएकी कञ्चन किरणसँग क्यामराको फ्रेममा अटाउन पाउँदै मख्खै देखिन्थिन् ।

उक्त दृष्यको भिडियो फुटेज टिकटकमा आएपछि कञ्चनको सुन्दरताको तारिफ भएको थियो । किरणले भने उनलाई त्यति ध्यान दिएका थिएनन् ।त्यसपछिका दिनहरुमा उनीहरु के–कसरी नजिकिए, कसले प्रेम प्रस्ताव राख्यो, कहाँ कहाँ डेट गए आदि इत्यादि कुराहरु कमैलाई थाहा छ । यद्यपि, निकटस्थहरु भने उनीहरुको सम्वन्धबारे जानकार थिए । अब उनीहरुले कहिले लगनगाँठो कस्ने हुन्, प्रतिक्षाको विषय बनेको छ । अहिले चाहिँ कञ्चनका केही सुन्दर तस्वीरहरु हेरौं, जुन हामीले उनकै सामाजिक सञ्जालबाट ‘चोरी’ गरेका हौं ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार