२०७९ श्रावण २५ बुधबार

देउवालाई सागर ढकालको आग्रह : घरमा आराम गर्नुस् अब युवाको पालो

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा लड्ने घोषणा गरेपछि गुल्मीका सागर ढकाल फेरि च’र्चामा आएका छन् । डडेल्धुराबाट चुनाव लड्ने तयारीमा ढकाल बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएका हुन् ।

ढकालले अहिले हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने अभियान चलाइरहेका छन् । आजभन्दा पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर उनी चर्चामा आएका थिए । उनले प्रश्न सोधेको भिडियो क्लिप पनि अहिले भाइरल बनिरहेको छ ।

उनले उक्त कार्यक्रममा सहभागीको रूपमा प्रधानमन्त्री देउवालाई आक्रो’शित तुल्याउने गरी प्रश्न सोधेका थिए । उनको प्रश्न थियो ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’यो प्रश्नले देउवा जंगिएका थिए ।

उही युवा सागर आज देउवालाई आउँदो चुनावमा च्यालेन्ज गरिरहेका छन् । ४० बर्ष भन्दा कम उमेरका युवा नेता नै प्रधानमन्त्री हुनुपर्ने उनको भनाई छ ।डडेलधुराको बिकट गाउँबाट चप्पल पड्काएर राजनितिमा आएका देउवाले आफू जन्मिएदेखि जमिन नटेकेको र नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सिएको उनी बताउँछन् ।

लामो समयदेखि आफ्नो क्षेत्रमा पाइला नटेकेका देउवालाई यस पटक आफू त्यहाँ रहेर जमिन टेकाउने प्रयास गर्ने उनको भनाई छ ।नाइट गाडीमा चढेर डडेल्धुरा जाँदै गर्दा उनले सामाजिक सञ्जालमा भनेका थिए – ” सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ।

परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ। जनतालाइ पिडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले हजुरबुवाको आखा कमजोर भए पनि गाउ गाउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ ।

हजुरबुवा(नातिको जोडि पनि मिल्छ। आशा छ हजुरबुवाले नातिलाइ माया गर्नु हुनेछ, नातिले हजुरबुवालाइ बेजोड माया गर्छ , सुनाइदिनु होला। त्यहि कारणले अब हजुरबुवा लाइ आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुवाहरु चाडे रिटायर हुनुहुनेछ।

अहिले डडेल्धुरामा रहेका सागरले बिहीबार एक पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन् । उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको र आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मु’द्दा लिएर अगाडि बढेको बताए ।

जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई ससम्मान आराम र विकास र संविधान मा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयनमा रहेको उनले बताए ।

उनले देउवालाई आराम दिन मात्र होइन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतालाई पनि आराम दिन आफूले देशभरि युवा उठाउने अभियान सुरु गरेको बताए ।उनले भने – “शेरबहादुरहरू लाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहेनत गर्नु भयो ।

हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उनले थपे,बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढु’ङ्गा मु’डा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो । अब सल्लाह दिने काम गर्नुहुन्छ ।”डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने दाबी गर्दै उनले भने – “१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । ”देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।”

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार