२०७९ श्रावण २५ बुधबार

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्न लागेको भन्दै खनिए भीम रावल (भिडियोसहित)

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधान’वि’प’रि’त भएको बताउनुभएको छ ।

रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने बताउनुभएको हो ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच द’ली’य गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको उहाले बताउनुभयो ।

रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निश्पक्ष र भयरहित वातवरणमा गराउनुपर्नेमा जोड दिनुभयो । रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरुको सरुवा र केही महत्वपूर्ण नियुक्ती गरेको भन्दै विरोध जनाउनुभयो ।

त्यस्तै रावलले निर्वाचनमा उम्मेद्धवारले मनोनयन गर्दाको समयसम्म सांसद पद कायम रहने जि’किर गर्नुभयो । उहाले हिन्द प्रशान्त क्षेत्रमा शक्ति राष्ट्रहरुको बीचमा प्रतिष्पर्धा भैरहेको उल्लेख गर्दै ताईवानमा अमेरिकी सभामुखको भ्र’म’णपछि त्यहाँ त’ना’व उत्पन्न भएको पनि बताउनुभयो ।

त्यस्तै, रावलले नागरिकतासम्बन्धी प्रावधान खुकुलो बनाईएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 51 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार