२०७९ श्रावण २५ बुधबार

आज साउन २१ गते शनिवारको राशिफल : कस्तो छ तपाईंको भाग्य ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ – रमाइलो जमघ’टका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौ’स’ला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उ’त्साह जा’ग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह – छिमेकमा असम’झदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनु’होला। फा’इ’दाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा स’म’स्या नि’म्त्याउ’न सक्छ ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो- परा=-मी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे – प्रतिष्ठित काम गरेर धेरैको मन लो-भ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो- हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते – अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु – प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –  परिबन्धले केही चुनौती निम्त्याउन सक्छ। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। व्यापारमा लाभ लिने समय भए पनि तत्काल लाभांश प्राप्त नहुन सक्छ। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि- बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नगनुहोला ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द अ’प्ठ्या”रो प’रिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ छ ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार