२०७९ जेष्ठ ३ मंगलवार

तपाइको माघ महिना कति शुभ ? यी राशिहरूकाे चम्किनेछ भाग्य || हेर्नुहोस् मासिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) माघ महिनामा बोलीको भरमा कार्य स’म्पा’दन हुनेछ । काम देखाएर अरूको मन लो’भ्या’उन सकिनेछ । जो’शजाँ’गर र हि’म्म’त बढ्ला । व्यावसायिक काममा राम्रै फ’ड्को मा”र्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सेवा मूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अ’ङ्क १,२ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्म’रण गरी कार्य आरम्भ गर्दा अ’धिक ला’भ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) ‘माघ महिनामा सामाजिक कार्य अघि बढ्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । नयाँ व’स्त्र, अ’ल’ङ्कार’को प्राप्ति हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता नवग्रहको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक स’फलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) यो महिनामा तपाईंको राशिबाट आ’ठौँ भावमा सूर्यले भ्रमण गर्नाले विविध समस्या आउन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको सास्ती खेप्नु पर्नेछ । १५ गतेबाट समय राम्रै रहला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हल्का हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । १७ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) यो महिनामा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । सहकार्यको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) माघ महिना समग्रमा सकारात्मक महिना रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । महिनाको उत्तरार्धबाट महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने र कार्यमा बाधा आउला । यो महिनाको लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )माघ महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक / सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) यो महिनामा कुनै कुराले मनमा शान्ति छाउला । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । शेयर बजार या व्यापार व्यवसायमा औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) यो महिनामा तपाईंको राशिमै सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ । सन्तानबाट सुख मिल्ला । कृषि क्षेत्रको काममा सफलता मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । खर्चको मात्रा बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्ने र नयाँ योजना बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

२०७८ माघ १, शनिबार प्रकाशित 1 Minute 543 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार