२०७९ असार १२ आईतवार

प्रेस चौतारी नेपाल उदयपुरको नेतृत्वमा जीवनाथ दाहाल

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट प्रेस चौतारी नेपाल उदयपुरको नेतृत्वमा जीवनाथ दाहाल छानीएका छन् । चौतारी उदयपुरको छैठौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दाहालका लागि सहमति जुटेको हो ।

१७ सदस्यीय नयाँ समितिमा उपाध्यक्षमा पुरुषोतम सापकोटा, समाबेसी उपाध्यक्षमा रन्जु दनुवार र सचिवमा राकेश नेपाली छानिएका छन् । त्यस्तै सहसचिवको रुपमा हिराजंग राईको नाम सर्वसम्मत जुटेको छ ।

समाबेसी सहसचिव भने रमिला दनुवार, कोषाध्यक्षमा करुणा कार्कीको नाम चयन भएको छ । अन्य सदस्यहरुमा जयराम पुर्वछाने, उर्मीला दनुवार, रेनुका चौधरी, गीता पोखरेल, राजु मगर, सिमसन राई, सुबास ज्युठकुरी, दुर्गा एसके, रितिक सेन्चुरीको नाम समेत सार्वजनिक गरिएको छ ।

पार्टी जिल्ला इन्र्चाज मन्जुकुमारी चौधरी र नवचयन अध्यक्ष परमेश्वर घिमिरे सहितको उपस्थितीमा आयोजित अधिवेशनबाट छानिएका अध्यक्ष दाहालले श्रमजिवी पत्रकारहरुको हितमा संस्थागत पहल गर्ने प्रतिबद्धता जनाए ।

 

२०७८ माघ १, शनिबार प्रकाशित 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?