२०७९ जेष्ठ ४ बुधबार

भ्वाइस किड्सको पहिलो बिजेता भए ‘जेनिस उप्रेती’ जिते १५ लाखको पुरस्कार

विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ को नेपाली भर्सनको ग्रान्डफाइनल आज सम्पन्न भएको छ ।कात्तिक २६ गते शुक्रबारबाट ६ देखि १४ वर्षका बालबालिकाहरुले सहभागिता जनाएको रियालिटी शो ‘द भ्वाइस किड्स’ को कोचको रुपमा गायकद्वय प्रमोद खरेल र राजु लामा, गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी छन् ।

चार कोचका आठ प्रतियोगीमध्ये सर्वाधिक भोट पाउने पहिलो भ्वाइस किड्स नेपाल हुनेछन् । विजेताले नगद १५ लाखसंगै केहि गिफ्टहरु पुरस्कारको रुपमा पाउने छन् ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए।

डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी भए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका छन् ।

टिम प्रमोदमा रहेका जेनिसको आमा लगभग ६ महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । उनको आमाले जेनिसलाई एक सफल गायक बनाउने सपना देखेकि थिइन् ।

आफ्नो निधन हुनु भन्दा पहिले एक भिडियो संदेश मार्फत जेनिसलाई जिताउन सबैसंग भोटको अपिल पनि गरेकी थिइन् जसको भिडियो अहिले पनि सामाजिक संजालमा भाइरल भैइरहेको छ ।

 

२०७८ माघ १, शनिबार प्रकाशित 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार