
काठमाडौं – लोकप्रिय गायक प्रकाश पराजुलीलाई पुत्र लाभ भएको छ।यसै बर्ष सम्पन्न पहिलो दोहोरी च्याम्पियनका बिजेता समेत रहेका गायक पराजुलीलाई अर्को खुसि थपिएको हो।स्याङ्जाकि प्रिया अधिकारी संग प्रेम बिबाह गरेका पराजुलीको परिवारमा अर्को खुसि थपिएको हो।
लाखौ दर्शकको माया पाएका प्रकाश दोहोरी गीत गाउँन निकै अब्बल गायकको रुपमा हेर्ने गरिन्छ।उनले आवाज दिएका रेकर्डेट गीत देखि लाइभ दोहोरी सम्म सबैजसो सुपरहिट छन।महानायक राजेश हमाल अभिनित दोहोरी गीत मन्जरी एकदम सुपरहिट गीतमा पर्दछ पराजुलीको।
प्रकाश र मिना बुढाथोकीले दोहोरी च्याम्पियन जिते संगै नेपाली लोक गीतमा यी जोडीको निकै चर्चा हुने गर्दछ।प्रकाशले आफ्नो परिवारमा नया सदस्य थपिएकोमा खुसि व्यक्त गरेका हुन्।
काठमाडौंको ग्रिन सिटि हस्पिटलमा प्रियाको सफल सल्यक्रिया भएको र अहिले बच्चा र आमा दुवै स्वस्थ रहेको पराजुलीले जानकारी दिनु भयो।
थप समाचार – स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ ।
जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अं क बढी हो । खेलको ५६ औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए ।
ब्रिगेड ब्वाइज भने नौ खेलमा ६ अंकसहित १२औं स्थानमा छ । यसअघि नवौ मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिँदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।
२६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरिँदा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो ।
४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए ।
च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।