
केही सातादेखि फिल्म नगरीमा नायिका बर्षा राउतको श्रीमान सं जोग कोइरालासँग सम्बन्धमा खटपट भएको चर्चा चलिरहेको छ । संजोग र बर्षा आफ्नो बैबाहिक सम्बन्ध टुंग्याउने प्रक्रियामा रहेको समेत गसिप हुँदैछ ।
यस्तैमा नायिका बर्षा राउतले श्रीमान संजोग कोइरालासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै व्यांग्यत्मक स्टाटस लेखेकी छिन् । ‘हाम्रो हल्लमा, कस्ले के के भने रे, संजोग कोइराला ?’ बर्षाले लेखे की छिन् । यस्मा संजोगको रिप्लाई छ, ‘को, कहाँ, के, कहाँ तर किन ?’
श्रीमान संजोगसँगका तस्बिरहरु बर्षाले ईन्स्टाग्राममा प्राइभेट गरे पछि उनीहरुबिच सम्बन्ध सुमधुर नरहेको अनुमान गरिएको थियो । पछि पुनः बर्षाले संजोगसँगका तस्बिरहरु पब्लिक गरिन् ।
फिल्म ‘लाखे’को छायाँकनमा व्यस्त बर्षाले फिल्म वृत्तमा चलेको ज स्तो संजोगसँग सम्बन्धमा चिसोपना नआएको बताइन् । लामो प्रेम सम्बन्धपछि बर्षा र संजोग बिहे गरेका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।