
अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ। जसमा अर्का नेपाली कला कार माओत्से गुरुङले पनि अभिनय गरेका छन्। राजीव सेठ्ठी निर्दे शक रहेको फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरका रू पमा देखाइएको छ। साथै माओत्से पनि देखिएका छन्।
फिल्ममा प्रमुख भूमिकामा विपिन जर्ज, धर्माजन बोलगाटीले अभिनय गरेका छन्। दुई मुख्य पात्र नेपाल घुम्न आएको कथा फिल्ममा छ। फिल्म नेपालमा पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको हो। भिडियो
थप समाचार – स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गर्दै स हिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ ।
जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अं क बढी हो । खेलको ५६ औं मिनेटमा विमलले गरेको गोल मा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए ।
ब्रिगेड ब्वाइज भने नौ खेलमा ६ अंकसहित १२औं स्थानमा छ । यस अघि नवौ मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार म छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बा हिरिँदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।
२६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्र हार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरिँ दा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो ।
४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोल किपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए । च्या सल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।