
विस्तारै नेपाली समाज परिवर्तन हुँदै आएको बताउदै उनले सिंगल आमा बन्न पाउने अधिकारले वैधानिकता पाउदै गएको उनले बताइन् । उनले सोही अनुसार नै सिंगल मोदर बन्न चाहेको बताइन् । ‘विहे अहिले चाहदिन तर बच्चा चाहन्छु ।
त्यसको लागि ३\४ वर्ष भित्रमा मेरो विवाह भएन भने पनि म बच्चा चाही पाउछु होला,’ उनले भनिन् ‘विहे नै नगरी पनि त बच्चा पाउन सकिन्छ होलानी अहिले धेरै माध्यमहरु छन् । भविश्यमा यो हुनस क्छ।’
विवाहको विरोधि आफू नभएको भन्दै इच्छाको आदर गर्ने पक्षमा र हेको उनको भनाइ छ । ‘इच्छा लाग्यो विवाह गर्ने लागेन नगर्ने फोर्स फुल्ली नगरौँ भन्ने हो । यस्तै इच्छाको रेस्पेक्ट गर्न चाहन्छु म’ – उन ले भनिन् । आफ्नो इच्छा चाहनाको बारेमा बुबा-आमा पूर्ण कन्भिन्स भएको उनले बताइन् ।
घरमा पनि यो विषयलाई लिएर बुबा आमालाई बच्चा ‘एडप्ट’ गर्ने बारेमा बताउदा सकारात्मक प्रतिकृया आएको उनले सुनाइन् । यद्यपि बुबाले भने विवाह पछि ‘एड्प्ड’ गर्न सुझाएको उनको भनाइ छ ।
सिंगल आमाले नागरिकता दिन पाउने कानूनले पनि आफ्नो इच्छा लाई अझ प्रोत्साहन दिएको उनको भनाइ छ । ‘जुन कानूनी नै भइ सकेको भए किन नगर्ने ? भन्ने मनमा आइरहेको छ’- उनले भनिन् । पुरुष प्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकोेले यो अवधारणा आएको उनको भनाइ छ ।
आफूलाई धेरै मायाँ गर्नै पुरुषहरु हुँदा हुँदै पनि विवाह भन्दा आफू व्यक्तिगत इच्छाका कारण यो खालका कुराहरुमा जोड दिएको उन को भनाइ छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।