२०७९ असार १२ आईतवार

फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ, हेर्नुहोस् यस्तो छ नयाँ मूूल्य…..

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इ न्ध नको मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ।

माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन।

थप समाचार- खोटाङ। जबरजस्ती करणी गरेको कसुरमा खोटाङमा दुई जना प क्रा उ परेका छन् । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र ४० वर्षकी महिलालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले प क्रा उ गरेको हो ।

प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ कार्य ९श्राद्ध०को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छो पेर डर र धा कध म्की देखाएर बालिकामाथि ज ब रज स्ती गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले १० माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

प्रतिवादी राईवि रु द्ध घरमा कोही नभएको मौ का पा रेर म हिलामाथि ३० पुस बिहान ११ बजेको समयमा ब ला त्का र गरेको अभियोग छ । फोनमार्फत महिलामाथि ज ब रजस्ती ज बर जस्ती ब ला त्का र गरेको जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटिएको प्रहरीको टोलीले राईलाई प क्रा उ गरेको हो ।

ज ब रज स्ती क र णीका दुवै अभि युक्त वि रु द्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर हि रा स तमा राखेर अ नु स न्धा न भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञप्तीमा उल्लेख छ ।

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?