२०७९ जेष्ठ २ सोमबार

हिमानीले छोडिन नेपाल पुगिन अमेरिका

हिमानीले केहि समयको लागि नेपाल छोडेकी छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षे त्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी हुन् ।

हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका गएको आयो जकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधि कारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए । विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आ नन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगा यतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् ।

थप समाचार- काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्य पुनः बढाएको छ। निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इ न्ध नको मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रो लियम पदार्थको मूल्य बढाएको जनाएको छ।

माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिए को निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीते लको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रति लिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन।

२०७८ माघ ६, बिहीबार प्रकाशित 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार