२०७९ जेष्ठ ४ बुधबार

पल र समीक्षाको सम्बन्धमा नयाँ ट्विस्ट ? ‘अब समय आउँदैछ, यथार्थ खुलाउनेछु’

काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धमा नयाँ ट्विस्ट आएको छ। यसअघि पनि विवादित बनेर त्यसको खण्डन गरेको यो जोडीको वास्तविकता अझै बाहिर आएको छैन। गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको आफ्नो सम्बन्धलाई लिएर यथार्थ सार्वजनिक गर्ने भएकी छिन् ।

आफूले यसअघि लेखेको स्टाटस वास्तविकताभन्दा टाढा रहेको उनको स्वीकारोक्ति छ । यसअघि मिडियामा पल र समिक्षाबीच प्रेम सम्वन्ध रहेको र विवाहको सम्झौतासमेत खुलासा गरिएको थियो।

उनीहरु दुबैले यो कुरा गलत भएको दाबी गरेका थिए। गत २४ अक्टोबरमा स्टाटस लेख्दै समिक्षाले पलले आफूलाई अभिभावकको रुपमा माया गरेको भन्दै प्रेम सम्वन्ध अस्वीकार गरेकी थिइन् । तर, आज उनले उक्त स्टाटस कसैको अनुनयमा लेखिएको बताएकी छिन् ।

चाँडै वास्तविकता सार्वजनिक गर्ने समेत उनको भनाइ छ । बिहीबार समीक्षाले लेखेकी छिन्, ‘म लामो केही भन्दिँन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ ।

जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’तर, यो स्टाटस पोस्ट गरेको आठ मिनेटमै समीक्षाले त्यसलाई डिलिट गरेकी छिन् ।

उक्त फेसबुक पोस्टमा समीक्षाले अघिल्लो पटक पोस्ट गरिएको स्टाटसलाई पनि समावेश गरेकी छिन् ।२४ अक्टोबरको पोस्टरमा समीक्षाले आफूलाई नायक शाहले अभिभावकको रुपमा माया गर्ने उल्लेख गरेकी थिइन् ।

साथै, मिडियाले च’रित्र ह,’त्या हुने किसिमले समाचार लेखेको बताएकी थिइन् । उनले ह’टाएको स्टाटस पुनः पोस्ट गरेकी छिन् ।

२०७८ माघ ६, बिहीबार प्रकाशित 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार