
कैलालीको भजनी नगरपालीका वडा नं ८ गोर्चौहाका सुरज चौध रीले साईकललाई इलेक्ट्रीक बाईकमा रुपान्तरण गरेर अहिले यति बेला सबैलाई चकित पारेका छन् । सुरज पेशाले आटो मेकानिक समेत हुन ।
उनको उमेर मात्र २२ बर्षको भएको छ । आफुले बनाएको यो बाईक ५० किमी प्रती घण्टाको हिसाबले गुड्ने सुरज बताउछन् । बाईकमा ४ वटा बेटरी फिट गरीएको छ
। जम्मा ४८ भोल्टेजको बेटरी क्षमता रहेको बाईकमा हेडलाईट, सा ईडलाईट, हर्न, सकर सबै बाईकमा हुने पाटपुर्जा राखिएको छ । सु रज कैलालीको टिकापुर स्थित ग्यारेजमा काम गर्छन ।
ग्यारेज र घरको दुरी ३५ किमीको छ । साईकलमा आउन जान गाह्रो भएपछि सुरजले ग्यारेज साउजीलाई आफुले बाईक बनाउने बताए । साउजीले पनि सुरजलाई सघाए ।
पुराना सामानहरु नै बढि जसो प्रयोग भएका छन सुरजको बाईकमा । आफुले सर्पोट तथा समय पाए कार समेत निर्माण गर्न सक्ने सुरज बताउछन् ।
कति लागतमा बन्यो त यति राम्रो बाईक, हेर्नुस पत्रकार अंकित उप्रेतीले भाई सुरज चौधरी संग गरेको यो कुराकानी (भिडियो हेर्नुस)-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।