
दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको पहिलो गीत ‘कालो केश मा रेलिमई’ करोड क्लबमा प्रवेश गरेको छ । तीन महिनाअघि सार्व जनिक गीतले बिहीबार युट्युबमा एक करोड भ्युज प्राप्त गरेको हो । यो गीत सार्वजनिक भएसँगै टिकटक, युट्युबमा भाइरल भयो । वि शेषगरी युवापुस्ताले गीतलाई निकै रुचाए ।
गायक दिनेश गीतलाई स्रोता-दर्शकले दिएको माया अनपेक्षित भ एको बताए । उनले भने, ‘गीत रुचाउनुहोला भन्ने थियो । तर यति धेरैले मन पराउनुहोला, भिडियोले यति धेरै भ्युज पाउला भन्ने सो चेको थिइनँ ।’
उनले आफ्नो पहिलो कामलाई नै यति धेरै मन पराइदिएकोमा खुशी व्यक्त गरे ।गीतको भिडियोलाई मानव सुवेदीले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् ।
भिडियोमा अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा, स्वीकृति उप्रेतीसँगै सर्जक एवं गायक ढकाल देखिएका छन् ।
गायक ढकालले अहिले ‘कालीगंगा तिर’बोलको मौलिक लोक गीत तयारी गरिरहेका छन् । गीतको लेखन र कम्पोजको काम सकिएको रेकर्ड गर्न भने बाँकी रहेको उनले बताए ।
‘वैशाख १ गते रिलिज गर्ने सोच छ । त्यो भन्दा अगाडि पनि सार्व जनिक हुन सक्छ, हेरौं,’ उनले सुनाए । पहिलो गीत स्रोता-दर्शकले रुचाएसँगै आफूमा चुनौती थपिएको दिनेशले अनुभव गरेका छन् । ‘आगामी गीतमा पनि आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास रहने बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।