
रोल्पाको एउटा खोला किनारमा एकजना निकै गफ लगाउने तर रमाइलो फुच्चे भाइ फेला परेका छन् ।आफ्नो नाउँ संतराज बताउने उनी घर मेरो रौतहट चन्द्रनिगाह भन्दै भिटेन अर्थात् समीर घिसिङको दाइ हुँ भन्छन् ।
भिटेन जे ल परेको बेला उनलाई कसैले छुटाउन नसकेको बेला आफुले डि यस पि लाई फोन गरेर भिटेनलाई छोड्दे भन्दै आदेश दिएको उनले बताए ।उनी आफू कतै हिड्दा पनि गाडी चढ्नु नपरेको र पाइलटले बिना पैसा हेलिकप्टरमा उनलाई घुमाउने गरेको हास्यास्पद गफ गरेका छन् ।
आफुले श्रीमतीहरु विवाह गरेको तर आफुसंग बस्न नसकेको उनले बताए । ६० वर्ष पुगे भन्दै गफाडी कुरा गरेका छन् ।५ वर्ष अमेरिका,२ वर्ष मलेसिया र फेरि २ वर्ष अमेरिका बसेर आएको उनी बताउँछन् ।
तर आफुले नेपाल भुमिलाई विर्सन नसकेको र सधैं आफ्नो देशको हिमाल,पहाड र तराईलाई माया गर्ने भएर देश भुल्न नसकेको उनी बताउँछन् ।
आफू मधेसी भएपनी हिमालमा हुँदा आफू हिमाली, पहाडमा हुँदा आफू पहाडी र तराईमा हुँदा आफू मधेसी हुने बताउदै निकै मीठो कुराकानी गरेका छन् ।बाँकी अब तलको भिडियोमा :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।