२०७९ जेष्ठ २ सोमबार

कहिलेसम्ममा सुध्रिन्छ मौसम् ? यस्तो छ मौसमविद्को अनुमान

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भूभागमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका भूभागमा सामान्य बदली रहेको छ।

सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज (आइतबार)दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना छ ।

 

२०७८ माघ १०, सोमबार प्रकाशित 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार