
उदयपुर । नाबालक छोरी छाडेर श्रीमती बे’प’त्ता भएपछि उदयपुरका हरि कटुवाल यतिबेला पि’डामा छन् । उदयपुरको त्रियुगा नगरपालिका ८ राजाबास स्थित कोल्बोटेका हरि कटुवालको श्रीमती तेजकुमारी बस्नेत (तेजिना) पुस ५ गतेबाट बे’प’त्ता’ भएकी हुन् ।
राजाबास दिदिको घर छेवरमा जान्छु भनेर हिँडेकी ते’जिना अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् । घरबाट हिँडेको दिन बेलुका हरिको मोबाईलमा उनले म्यासजे गरिन्, म्यासेजमा लेखिएको थियो, ‘अब मलाई न’खो’ज्नु, राम्रो सँग ना’नी हेर्नु ।’
जब हरिले श्रीमतिको यस्तो म्यासेज देखे, उनी छाँगाबाट खसेजस्तै भए । तर मनलाई सम्हालेर खोजीकार्यमा लागे तर फेला पार्न सकेनन् । केही समयपछि श्रीमतिको मोबाईल अफ भयो । हरि र उनको परिवार हुलिया सहित श्रीमतिको खोजीका लागी जिल्ला प्रहरी कार्यालय उदयपुर पुग्यो ।
प्रहरीमा जाहेरी दिएपछि आफ्ना आफन्त र ईष्टमित्र सबैको घरमा तेजिनाको खोजी तिब्र पारियो तर उनी अहिलेसम्म फेला परेकी छैनन् ।
हरि कटुवाल आफ्नी श्रीमति नाताले देवर पर्ने शं’खर पोखरे’ल सं’ग भागेको दा”बी गर्छन ।
प्रहरीले तेजकुमारीको ‘कल डिटेल्स’ चेक गर्दा पनि हरिको भनाईलाई थप ‘पुष्टी गर्छ । उनीहरु बिच फोनमा बाक्लै कुराकानी भएको ‘कल डिटेल्स’ले देखाउँछ । त्यतिमात्रै हैन हरिको श्रीमति भगाएको आशंका गरिएका शंखरले केहि समयअघि फेसबुकमा स्टाटस समेत लेखेका थिए, जसमा लेखिएको थियो, ‘मैले आज अर्काको बुडी भगाएँ ।
’अहिले दुबैजना सम्पर्क विहिन छन् । ‘कलडिटेल्स’मा मोबाईलको अन्तिम ‘लोकेशन’ काठमाण्डौको बौद्ध देखाएको थियो । त्यसपछि मोबाई स्वीचअफ गरिएको छ । म्यासेन्जरमा तेजिनाले ‘डल्ली क्विन’ नाम गरेको युवती सँग बौद्धमा कोठा खोजिदिन आग्रह गरेको म्यासेज भेटिएको छ ।
अहिले ति कुनैपनि व्यक्तिहरु परिवार र प्रहरीको सम्पर्कमा छैनन् । यता हरि र उनको परिवार तेजिना र शंखरको खोजीमा लागेका छन् । हरि भन्छन्, ‘श्रीमति भेट्टाएपछि कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेर त्यहि केटाको जिम्मा लगाईदिन मन छ ।’ दिदको घरमा छेवरमा जान्छु भनेर हिँडेकी तेजकुमारी अहिलेसम्म बेपत्ता छिन् ।
https://www.facebook.com/watch/?v=456352609540921
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।