
उदयपुर । अन्तर्राष्ट्रि फ्रेन्चाईससहितको रियालीटी सांगीतिक कार्यक्रम ‘द भ्वाईस अफ् किड्स नेपाल’को पहिलो सिजनबाट उत्कृष्ट १६ सम्म पुग्न सफल बालगायीका पेमा डेचन तामाङले मेघास्टार राजेशपायल राईसँग युगल गीत ‘सै हँमा’ सार्वजनिक भएको छ । द भ्वाईसबाट बाहीरिएदेखि पहिलो पटक पेमाले स्टुडीयोमा राईसँग गीत रेकर्डपछि सार्वजनिक गरिएको हो ।
राजेशपायल राईको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सोमबार साँझ सार्वजनिक गरिएको ‘सै हँमा’ बोलको गीत गीतमा चल्तीका रचनाकार टीका चाम्लीङको शब्दलाई गायक राई स्वयंले संगीत भरेका हुन् ।
‘राजेशपायल राई म्यूजिक एकाडेमी’मार्फत बजारमा आएको केही घण्टामै हजारौँ दर्शकले स्टुडीयो कभर भिडियो हेरीसकेका छन् । यो समाचार तयार पार्दासम्म ९ मिनेट ४६ सेकेण्डको सो भिडियो २ घण्टामै ११ सय ४० जनाले सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै कमेन्ट बक्समा देखिएका अधिकांस प्रतिक्रियाहरुमध्ये पैसाले भोट नपुगदा द भ्वाईसबाट बाहीरिएकी बालगायिका पेमाको प्रतिभालाई सम्मान स्वरुप आफूसँग गीत गाउन अवसर दिएर महानता देखाएको भन्दै धन्यबाद दिइएको छ ।
काठमाडौंस्थित स्टुडीयो किङमा रेकर्ड भएको ‘सै हँमा’ गायीका पेमा भर्खरै सम्पन्न द भ्वाईस अफ किड्सको पहिलो सिजन ब्लाईन्ड अडिशनमा डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ.. बोलको गीत गाएर चारै जना कोचको मन जितेकी थिइन् । योसँगै चर्चा चुलिएको पेमा उत्कृष्ट १६ बा फाईनल यात्रा पूरा गर्नेक्रममा बाहीरिएकी थिइन् ।
राम्रो प्रतिभा हुँदा हुँदै पनि आर्थिक अभावमा भोट कमी हुँदा बाहीरिनुपरेको भन्दै शुभचिन्तकले गु, नासो गरेका थिए । तर, देशका चर्चित गायक राजेशपायलसँग आफ्नो छोरीले गीत गाउँने मौका पाउँदा आफू गौरवाम्बीत भएको पेमाकी बाबाको प्रतिक्रिया छ ।
https://www.youtube.com/watch?v=t-ILc4c5qCc
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।