
चर्चित गायक राजेशपायल राईले आफूलाई अहिलेका नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको उल्लेख गरेका छन् ।
गत शनिबार प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् । उनले भने,‘जनतापनि अहिले विवेकशील भैसक्नुभएको छ । नयाँ विकल्प खोज्लान् ।’
पत्रकार धमलाले कुराकानीको क्रममा ‘तपाईँको नजरमा मनपर्ने नेता को त रु शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड रु यी तीन जनामध्ये को हो रु’ भनेर सोधेको प्रश्नमा उनले भने-‘प्रचण्डजी मलाई मनपर्छ ।
द्धन्द्धकाल भयो होला, मानिस मरे होलान्, आन्दोलन र क्रान्तिमा सहादत हुन्छ, तर कहीँ न कहीँ बोल्ने अधिकार त हामीलाई उहाँहरुले दिनुभयो नि त, नत्र भने त निकै डराईन्थ्यो ।
प्रचण्डजकी कै कारण आज जातभात निकै हटेको छ । उहाँको विचारलाई र उहाँले गरेको संघर्षलाई कम आँक्न मिल्दैन् ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।