२०७९ जेष्ठ २ सोमबार

हाँस्यकलाकार सन्तोष पन्त र राजाराम राजावादी पार्टीमा प्रवेश

हाँस्य कलाकारद्वय सन्तोष पन्त र राजाराम पौडेल ‘नेपाली दल’ नामक राजनीतिक पार्टीमा प्रवेश गरेका छन् । बालकृष्ण न्यौपाने अध्यक्ष रहेको नेपाली दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम’ घोषणा समेत गरेको छ ।

नेपाली दल राजसंस्था ल्याउन गठन भएको हो । पत्रकार सम्मेलनमा सन्तोष पन्त देखिएका थिएनन् । तर, पन्तलाई भारतमा आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । हाँँस्य कलाकार पौडेललाई सह-संयोजकको जिम्मेवारी दिइएको छ ।

नेपाली दलले वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको छ ।

हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए ।

‘खुत्रुके भर्नुहोस् तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’, उनले भनेका छन् ।

पौडेलले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरेका छन् ।

 

२०७८ माघ १३, बिहीबार प्रकाशित 1 Minute 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार