२०७९ जेष्ठ ४ बुधबार

विद्यालय माघ मसान्तसम्म बन्द नै रहने

काठमाडौं / को’रो’ना भा’इ’र’सको जो’खि’मले बन्द रहेको विद्यालय माघ मसान्तसम्म कायम राख्न कोभिड सं’क’ट व्य’वस्थापन के’न्द्र सीसीएमसीले सिफारिस गरेको छ।

बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन्।उनका अनुसार परीक्षाहरु भने स्वास्थ्य मा’पद”ण्ड पा’लना गरेर स’ञ्चालन गर्न सकिनेछ।

यो पनि” हाँस्य कलाकारद्वय सन्तोष पन्त र राजाराम पौडेल ‘नेपाली दल’ नामक राजनीतिक पार्टीमा प्रवेश गरेका छन् । बालकृष्ण न्यौपाने अध्यक्ष रहेको नेपाली दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम’ घोषणा समेत गरेको छ ।

नेपाली दल राजसंस्था ल्याउन गठन भएको हो । पत्रकार सम्मेलनमा सन्तोष पन्त देखिएका थिएनन् । तर, पन्तलाई भारतमा आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । हाँँस्य कलाकार पौडेललाई सह-संयोजकको जिम्मेवारी दिइएको छ ।

नेपाली दलले वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको छ ।

हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए ।

‘खुत्रुके भर्नुहोस् तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’, उनले भनेका छन् ।

पौडेलले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरेका छन् ।

२०७८ माघ १४, शुक्रबार प्रकाशित 1 Minute 48 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार