२०७९ असार १४ मंगलवार

नायिका स्वस्तिमा खडकाको यस्तो भिडियो भाइरल बनेपछि, सामाजिक सञ्जालमा आयो यस्तो प्रतिक्रिया

काठमाडौं / स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म ‘थिरिमाली’ भारतमा रिलिज भएको छ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको हो ।

उनले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको बताएका छन् । केही दिन अगाडि स्वस्तिमाको आइटम रिलिज भएको थियो ।

गीतमा उनको नृत्यको प्रशंसा भएपनि मा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भइरहेको छ ।केरलाबाट नेपाल आउने तीन पात्रको कथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन भएको छ ।

अन्य समाचार – पछिल्लो समय मनोरञ्जनका लागि अब्बल सामाजिक सञ्जाल टीकटकमा भाईरल बनेकी बिनु अधिकारी वैवाहिक बन्धनमा बाँधीएकी छन् । टीकटकमा लाखौ फलोअर्स भएको बिनुले उदयपुरका युवकसँग बिवाह गरेकी हुन् ।

झापा स्थायी घर भएकी बिनुले उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ गुरुङचौरी भट्टराईचोक घर भएका युवक रमण पराजुलीलाई उनले पतिको रुपमा रोजेकी हुन् । स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका थिए ।

राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान बिस्तारै प्रेममा परिणत भएको थियो । अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना पेप्सीकोला बस्दै आएका छन् ।

कोभिडका कारण सीमित आफन्त नातागोताबीच झापामा बिवाह भएको पारिवारिक स्रोतले जनाएको छ । सामाजिक सञ्जाल टीकटकमा लोकप्रिय बनेकी बिनु विशेष गरी मौलिक भिडियोहरु बनाउने गर्छिन् ।

पछिल्लो समय उनको टीकटकमार्फत बिभिन्न स्थानीय कम्पनी तथा व्यवसायिक क्षेत्रले आफ्नो व्यवसाय प्रबर्दनका लागि विज्ञापन समेत गर्ने गरेका छन् ।

२०७८ माघ १५, शनिबार प्रकाशित 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?