
गायक मदन थापा र गायिका विन्दु परियारको स्वरमा रहेको ‘मायाको भोको’ बोलको गीत सार्वजनिक भएको छ ।शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा गायक थापा स्वयंको शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा सागर लम्साल ‘बले’, हरी निरौला ‘कक्रोज’ सँगै ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकालले अभिनय गरेका छन् ।गीतले उनीहरूको प्रेमभाव बोल्छ ।
राजिव समरको निर्देशन रहेको गीतको भिडियोलाई पवन सुशीलिङले खिचेका हुन् । भिडियो ‘बले इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलमा सार्वजनिक भएको छ ।
अन्य समाचार – पछिल्लो समय मनोरञ्जनका लागि अब्बल सामाजिक सञ्जाल टीकटकमा भाईरल बनेकी बिनु अधिकारी वैवाहिक बन्धनमा बाँधीएकी छन् । टीकटकमा लाखौ फलोअर्स भएको बिनुले उदयपुरका युवकसँग बिवाह गरेकी हुन् ।
झापा स्थायी घर भएकी बिनुले उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ गुरुङचौरी भट्टराईचोक घर भएका युवक रमण पराजुलीलाई उनले पतिको रुपमा रोजेकी हुन् । स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका थिए ।
राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान बिस्तारै प्रेममा परिणत भएको थियो । अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना पेप्सीकोला बस्दै आएका छन् ।
कोभिडका कारण सीमित आफन्त नातागोताबीच झापामा बिवाह भएको पारिवारिक स्रोतले जनाएको छ । सामाजिक सञ्जाल टीकटकमा लोकप्रिय बनेकी बिनु विशेष गरी मौलिक भिडियोहरु बनाउने गर्छिन् ।
पछिल्लो समय उनको टीकटकमार्फत बिभिन्न स्थानीय कम्पनी तथा व्यवसायिक क्षेत्रले आफ्नो व्यवसाय प्रबर्दनका लागि विज्ञापन समेत गर्ने गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।