
काठमाडौं । वि’वा’दि’त छ’विका गायक दुर्गेश थापाले नयाँ गीत युट्यूवमा रिलिज गरेका छन्, जसको बोल छ– पैसा । यो गीतले उनलाई थप वि’वा’द’मा पार्न सक्छ ।
गीतका शब्दहरु सुन्दा दुर्गेशले भिटेनलाई आदर्श मान्न थालेको प्रतित हुन्छ । र्या’प स्टाइमा उनले गाएको गीतमा आपत्तिजनक र छाडा शब्दहरु प्रयोग भएका छन् । सबै कुरा गर्न ‘पैसा’ चाहिने सन्देश दिने क्रममा उनी अनर्गल तरिकाले प्रस्तुत भएका छन् ।
यो गीतको रचना र संगीत पनि दुर्गेशकै हो । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् । गीतको भिडियोमा पनि दुर्गेशले अश्लिल हाउभाउ देखाएका छन् ।
दुर्गेशको गीत छाडा मात्रै छैन, उनले चोरी पनि गरेका छन् । हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका लागि गाएको ‘नोट–नोट’ बोलको गीतबाट उनले एक लाइन चोरेका हुन् ।
हरिवंशले गाएको गीतमा भनिएको छ– हेर्दा जाबो कागत, यसको कत्रो तागत दुर्गेशले गाएको गीतमा भनिएको छः जाबो यत्रो कागत, यसको कत्रो तागत
दुर्गेशले विवादमा आउने चेष्टा गरेरै यो गीत गाएको देखिन्छ । यसअघि उनले गाएका सबैजसो गीतहरु कुनै न कुनै विवादमा आएका छन् र हिट पनि भएका छन् । सम्भवतः फेरि पनि उनी विवादकै बलमा हिट हुन चाहन्छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।