२०७९ जेष्ठ ३ मंगलवार

गायक दुर्गेशको ‘पैसा’ गीतको तीव्र वि’रो’ध सुरु, का’रबाही गर्न माग

गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेकाे नयाँ गीत ‘पैसा’ पनि वि’वा’द”मा पर्ने देखिएको छ। छा”डा श’ब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा ती’व्र वि”रो’ध सुरु भएको छ।

‘विशेषगरी ना’रीलाई पैसासँग तुलना गरिएको भन्दै आ’क्रो”श पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई का’र’बा’ही नै गर्न माग गरेका छन्।

अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य साया किरण लेख्छिन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो को हो? अझै आफूलाई आफैंले नारीवादी घोषणा गर्नेहरू त्यहीँ रमाउँदै छन्, छिछिछि!! कलाकार भनेको के थाहा यो अभद्र, अश्लील मान्छेलाई? यस्ता कलाकार भनाउँदालाई अझै वाह वाह गर्नेहरू कुन दर्जाका मान्छे हुन्?? यसलाई जहाँ भेटिन्छ, त्यहीँ दनक दिनुपर्छ। परेको बेहोर्न तयार!!’

यस्तै महिला अधिकारवादी सावित्री सुवेदीले लेखेकी छन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो गन्हाउने बोकालाई तुरुन्तै कारबाही गर! महिला हिंसा अन्त्य गर! जयनारी!’

‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेश पटकपटक विवादमा परेका गायक हुन्। तिहार गीत ‘डन आयो डन’मा प्रयोग गरिएका शब्दले त उनलाई प्रहरी कार्यालयसम्म पुर्‍याएको थियो।

यो पछिल्लो गीत ‘पैसा’ त उनले निकै आपत्तिजनक शब्द प्रयोग गरेका छन्।

 

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार