२०७९ असार १७ शुक्रबार

आफू मेयर भए काठमाडौंलाई स्मार्ट सिटी बनाउने श्रृंखला खतिवडाको योजना

काठमाडौँ । बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन् l हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन् l भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभिव्यक्ति दिएकी हुन् l

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन् । साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ । यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ ।

तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो l हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन् ।

यो पनि” नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।

यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो ।

प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ ।​

यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको हो ।​

यो समायोजनले १५ दिनको जम्मा घाटा करिब २ अर्ब ६० करोडबाट ३७ करोडले घट्ने निगमको भनाइ छ । यसका बाबजुद अझै करिब २ अर्ब २३ करोड घाटा निगमलाई हुने देखिएको छ ।

निगमका अनुसार पेट्रोलमा अझै प्रतिलिटर १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा रहेको छ । यता मट्टितेलमा प्रतिलिटर १८.१२ रुपैयाँ, आन्तरिक हवाई इन्धनतर्फ १०.५० रुपैयाँ तथा बाह्य हवाई इन्धनतर्फ ३२.७२ रुपैयाँ फाइदा रहेको छ ।

एलपी ग्यासमा भने प्रति सिलिन्डर ५६०.०९ रुपैयाँ घाटा रहेको छ ।

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?