२०७९ असार १३ सोमबार

बढ्यो सुनको मुल्य, कती छ आज तोलाको ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा आइपुगेको छ। चाँदीको भाउ भने आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।ट’न्सि’ललाई हे’लच’क्र्याइँ नगरौं, समस्या ग’म्भी’र बन्न सक्छ।

थप समाचार – वि’वा’दका विच सोलु करिडोरको काम सकियो- स्थानीयको अ’व’रो’ध र वि’वा’द’का विच सोलु करिडोरको काम सम्पन्न भएको छ । १३२ केभी डबल सर्किट रहेको करिडोरको प्रसारण लाइनको टावर, तार वि’छ्याउने लगायतका महत्वपूर्ण कामहरु सम्पन्न भएको हो ।

अवको केहि दिन भित्र बिद्युत प्रवाह परीक्षण गरि राष्ट्रिय लाईनमा प्रशारण दिने तयारी भईरहेको आयोजनाका प्रमुख जनार्दन गौतमले बताए । ३०२ वटा टावर रहेको प्रशारण लाईनमा सोलुदेखि सिराहासम्म ८९.५ किलोमिटर लम्वाई रहेको छ ।

सोलुको दूधकुण्ड नगरपालिका वडान. ११ तिङ्लामा सबस्टेशन निर्माण गरी सुरु गरिएको आयोजना छैठौँ पटक म्याद थप गरी सम्पन्न गरिएको उनले बताए । कटारी नगरपालिका ४ मरुवा, सम्ले, बरमझिया क्षेत्रमा स्थानीयले अवरोध गरेपछि विगत तीन बर्षदेखि आयोजनाको काम प्रभावित हुँदै आएको थियो ।

सन् २०२० जुलाई १५ मा सक्ने शर्तसहित सुरु गरिएको काममा स्थानीयले करिव डेड दर्जन घर र करिव ७० परिवारका खेतीयोग्य जमिन मासिने भन्दै अवरोध पुर्याएका थिए । नेपाल विद्युत प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले तीस महिना भित्र सम्पन्न गर्ने गरी प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । प्रसारण लाइन निर्माणमा ढिलाइहुँदा उत्पादन खेर गईरहेको थियो । आयोजना राष्ट्रि«य प्रसारण लाइनमा नजोडिदा २०७६ माघ २० देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला जलविद्युत् आयोजनाको २३ मेगावाट मध्ये ४.५ मेगावाट बाहेक सबै बिजुली खेर गईरहेको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको प्रसारण लाइन ठेकेदार छनौटमा भएको विवादकाकारण झण्डै दुई वर्ष ढिला गरी सुरु भएको थियो । ठेकेदार छनौट र स्थानीयको विवादका कारण आयोजना निकै ढिला गरी सुरु भएको थियो ।

प्रशारण लाईन निर्माणगर्दा १८ मिटर चौडाईको करिब ३ किलोमिटर लम्बाई रहदा चामल खाने आफ्ना सबै जग्गा सकिने डरले अवरोध गरिएको स्थानीय देवी थापा बताउँछन् । विवादित क्षेत्र उदयपुरमा १४१ वटा टावर रहेका छन् त्यसमध्ये मरुवा क्षेत्रमा १० वटा टावर रहेका छन् ।

स्थानीयको मागका विषयमा कटारी नगरपालिकाको अग्रसरतामा राजनीकित दल, प्रशासन, सरोकारवाला विचको अंन्तरसंम्बाद पछि टुगिंएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । धानखेतबाट करिडोरको टावर लैजादा आफुहरु मर्कामा परेको भन्दै स्थानीयले एलाईमेन्ट परिवर्तन गरी लैजान माग गर्दै अवरुद्ध गर्दै आएपछि सहमतिका प्रयासहरु खोजिएको उनले बताए ।

यता आयोजनाले भने एलाईमेन्ट परिवर्तन गर्न नसक्ने बताएपछि मरुवा क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका थिए । आपूmहरुको घर र धान फल्ने खेत नै प्रभावित भएकोल विकल्प खोज्न उनीहरुले तीनै तहका सरकारसँग माग गर्दै आएका थिए ।

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना निर्माणमा स्थानीयले अवरोध पुर्याएपछि प्रशासनले ठुलो संख्यामा सुरक्षाफौज परिचालन गरेर काम अघि बढाएको थियो । सुरक्षा घेरमा काम अघि बढाएपनि स्थानीयले अवरोध जारी राखेपछि पटक पटक झडप हुँदै आएको थियो ।

दिनहु झडप घाईते हुन थालेपछि वार्ताद्धारा किसानलाई भोगचलन गरेको जग्गा मध्ये आयोजनाबाट प्रभावित भएको क्षेत्रफलको न्युनतम मूल्य निर्धारण गरी मुआब्जा दिने र ऐलानी जग्गाको हकमा क्षतिपुर्ति दिने सरकारले निर्णय सँगै कामले गति लिएको मेयर श्रेष्ठले बताए ।

आयोजना प्रमुख गौतमकाअनुसार मुआव्जा वितरणका लागि सरकारले चार करोड ५० लाख रकम निकासा गरेकोमा हालसम्म तीनकरोड रुपियाँ भुक्तानी भईसकेको छ । यो सँगै आयोजनाको निर्माण खर्च करिव दुई अर्व ५० करोड पुग्ने उनको भनाई छ । क्याप्सन सोलु करीडोर १३२ केभि प्रसारण लाइनको विवादित क्षेत्र कटारी नगरपालिका वडा नं ४ मरुवा क्षेत्र । मुख्यविवादित क्षेत्रमा तार टाग्दै कामदारहरु ।

२०७८ पुष १२, सोमबार प्रकाशित 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?