२०७९ जेष्ठ २ सोमबार

भिडियो लिक गर्ने ध’म्कि दिँदै मन्त्रीसँग स’म्बन्ध राख्न द’बा’बपछि मोडलले ६ तलाबाट हा’म फा’लिन्

काठमाडौं । चर्चित मोडल गुनगुन उपाध्यायले होटलको ६ तलाबाट हाम फा’ले’र जीवन त्यागको प्रयास गरेकी छिन् । उनको अवस्था अहिले सामान्य रहेको छ । तर यो विषयमा नयाँ खु’ला’सा भएको हो । १९ वर्षीया मोडलका आफन्तले उनलाई ब्ल्या’कमेल गरिएको बताएका छन् ।

फोटोसुटको नाममा केही व्यक्तिले उनले नुहाएको भिडियो बनाएका थिए । भिडियो बनाएपछि राजस्थान सरकारका मन्त्री रामलाल जाटसँग स’म्ब’न्ध कायम गर्न द’बा”ब दिइयो ।

प्रहरीले मोडललाई सोधपुछ गरी बयान लिएको छ । प्रहरीले भने यसबारे केही खुलाउन आ’नाका”नी गरिरहेको छ । मोडलका भा’इले भारत, राजस्थान, जोधपुरको रतनदा प्रहरी चौकीमा ब्ल्या’क’मे’लि’ङको मु’द्दा दा”यर गरेका छन् ।

फोटो खिच्ने बहानामा अ’न्तरं’गका भिडियो बनाइयो
मोडलका आफन्तका अनुसार उनी सारी र गहनाको मोडलिङका लागि उदयपुर गएकी थिइन् । उदयपुरका दीपिका र अक्षत नामका व्यक्तिहरूले उनलाई मोडलिङ गराए ।

त्यहाँबाट भिलवाडा लगियो । उनीहरू सर्किट हाउसको अगाडिको होटलमा बसेका थिए । त्यसपछि ति दुबैले बाथरुममा नुहाउँदै गरेको मोडलको आपत्तिजनक भिडियो बनाए । भिडियो बनाएपछि मोडलललाई भिलवाडाको सर्किट हाउसमा बसेका एक नेताकहाँ पठाइयो ।

मोडलले यो कुरा अस्वीकार गरेपछि ब्ल्याकमेल गर्न थालेको खुलेको छ । उनीहरूले भनेका थिए, ‘हामीसँग तिम्रो भिडियो छ, भाइरल बनाइदिन्छौँ ।’

नेतालाई पनि फसाउने योजना
परिवारका अनुसार दीपिका र अक्षतको नेतालाई पनि फ’साउने योजना थियो । मोडलले यो कुरा आफ्नो परिवारका सदस्यलाई बताएकी थिइन् ।

भिलवाडा सर्किट हाउसमा बसेका नेतासँग मोडलको आपत्तिजनक भिडियो बनाएर ति नेतालाई ब्ल्याकमेल गर्ने षड्यन्त्र निर्माण भइरहेको थियो । मोडलले यो सबै कुरा आफ्नो परिवारका सदस्यहरूलाई स्पष्ट रूपमा बताएकी थिइन्। भिलवाडाबाट भागेर उदयपुर गएको पनि बताइएको छ । उदयपुरबाट उनी जोधपुर पुगिन् ।

यस अवधिमा उनले बुबा र भाइसँग सम्पर्क राखिन् । यो बीचमा बुवा गणेश उपाध्यायले सम्झाइ बुझाई गरेको देखिन्छ । उनलाई लिन उनका बुवा स्टेशन आइपुगेका थिए । बुवा आउने समयमा मोडल होटल लर्ड्स पुगिन् ।

बुबा र भाइलाई फोनमा पठाएको म्यासेजका आधारमा प्रहरीले रतनदा प्रहरी चौकीमा मुद्दा दर्ता गरेको छ । उदयपुरका युवक र युवतीको लोकेसन पनि ट्रेस गरेको छ । सोमबार राति प्रहरी जोधपुरबाट उदयपुरतर्फ प्रस्थान गरेको थियो । उनीहरूको साथबाट एउटा गाडी समेत बरामद गरिएको छ ।

फोनमा सबै कुरा सुनाइन्
उदयपुरबाट आउँदा फोनमा मोडलले आफ्नो सबै कुरा सुनाएको परिवारले बताएको छ । आफूमाथि गलत व्यवहार भएको भन्दै जीवन त्याग गर्न लागेको कुरा उनले परिवारलाई बताएकी थिइन् ।

बुबाले धेरै सम्झाए, तर पनि उनले १६, माघ, साँझ जीवन त्याग गर्ने प्रयास गरिन् । जीवन त्यागका लागि उनले रतनदा पीडब्लुडी चोकमा रहेको होटल लर्ड रोजिन् ।

तर ६ तलाबाट होटलको पार्किङमा राखिएको कारमा खसेपछि कारको सिसा उनको शरीरमा परेको थियो । उनको शरीर धेरै ठाउँमा भाँचिएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको छ । भाग्यवश उनी बाँच्न सक्ने सम्भावना धेरै छ ।

बयान दिएपछि फेरि बोलाइन्
प्रहरीले करिब एक घण्टासम्म उनको बयान लियो । जब प्रहरी हिँड्न थाल्यो, तब मोडेलले इशारा गर्दै रोकिन् । प्रहरीलाई रोकेर उनले भनिन्, ‘मैले अझै केही भन्नु छ ।’

त्यसपछि आधा घन्टासम्म उनले अरु कुरा पनि सुनाइन् । अनुसन्धानमा जोधपुरको होटल र रेष्टुरेन्टको पूर्ण जानकारी रहेको खुलेको छ । होटल व्यवसायीले पनि उनलाई चिन्थे । त्यसैले उनी सिधै होटेलमा आइन् र छतमा गइन् । त्यहाँबाट हाम फालिन्, तर भाग्यले साथ दिएपछि उनको मृ”त्यु भएन् ।

२०७८ माघ २०, बिहीबार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार