२०७९ असार १७ शुक्रबार

बढ्यो आज पनि सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोलाको ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ ।

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र विक्रीदर १२० रुपैयाँ ०५ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६० पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७८ माघ २०, बिहीबार प्रकाशित 0 Minutes 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?