
सिन्धुपाल्चाेक / दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ ताेला सुन चाेरी गर्ने गिराेहका चार जना प’क्रा’उ परेका छन्।नगदसहित सुन चाे’रीमा संलग्नलाई सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेकाे हाे।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठकाे सदसमुकामस्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ ताेला सुन चाे’री भएकाे थियाे।
घरमा काेही नभएकाे माैका छाेपी दिउँसै घरमा चाे”री भएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। प्रहरीले पीडित श्रेष्ठको घरमा डेरागरी बस्ने सुनकोसी गाउँपालिकाकी २० वर्षीय कञ्चन पराजुलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेकाे थियाे।
चाेरीमा संलग्न कञ्चनसहित इन्द्रावती गाउँपालिका- १० का २४ वर्षीय मनिष सुन्दास, इन्द्रावती-९ भिमटारका २५ वर्षीय बुद्ध तामाङ र भिमटारकै २६ वर्षीय विक्कि भनिने अनिल तामाङ रहेकाे प्रहरीले जनाएकाे छ।
पीडित श्रेष्ठकाे घरमा ६ महिना पहिलेदेखि भाडामा बस्दै आएकी पराजुलीले अन्य तीन जना युवाकाे सहयाेगमा चाेरी गरेकी हुन्। चाेरीकाे याेजनाकार पराजुली पीडित श्रेष्ठकाे छाेरीकाे सहपाठी पनि हुन्।
आफूसँग रहेकाे घरकाे मुल ढाेकाकाे चाबी ती युवकहरूलाई दिएर कञ्चनले चाेर्नकाे लागि परिचालन गरेकाे अनुसन्धानकाे क्रममा खुलेकाे प्रहरीले जनाएकाे छ।
चाे’रीमा प्रयोग भएकाे एउटा माेटरसाइकल, ६ ताेला सुन, केही नक्कली सुनसहित चाे’रीमा सं”लग्नलाई प्रहरीले साेमबार सार्वजनिक गरेकाे हाे। बरामद गरिएकाे सुन स्वरुप बदलिएकाे पाइएकाे र पीडितले हराएकाे भनेजति सबै सुन नभेटिएकाले अ’नु’स’न्धा”न भइरहेकाे जिल्ला प्रहरी कार्यालय सि’न्धुपाल्चोकका प्रमुख राजन अधिकारीले जानकारी दिए।
चाे”रीमा अन्य व्यक्तिकाे पनि संलग्नता हुनसक्ने भएकाले अ’नु’स’न्धान नसकिएकाे अ’धिकारीले बताए। आफ्नाे घनमाल चाेरीमा संलग्न पक्राउ गर्न स’फल भएकाेमा खुसी व्यक्त गर्दै पी’डि’त श्रेष्ठकी श्रीमती गुणकेसरी श्रेष्ठले अ’नुस’न्धा’न कार्यमा संल’ग्न अधिकारी सहित जिल्ला प्रहरी प्रमुख राजन अधिकारीलाई खादा लगाएर सम्मान गरेकी थिइन् । -थाहा खबर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।