२०७९ जेष्ठ ३ मंगलवार

चन्द्रागिरी हिउँ खेल्न जाँदा जंगलमा हराएका पाँच जना यस्तो अवस्थामा भेटिए

काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा जंगलमा हराएका पाँच जनालाई प्रहरीले पाँच घण्टाको प्रयासपछि उद्धार गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि जंगलमा हराएका एकै परिवारका ५ जनालाई प्रहरीले आइतबार राति सवा १ बजे सकुशल उद्धार गरेको हो।

उनका अनुसार राति साढे ८ बजे प्रहरीलाई मानिस हराएको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त (थानकोट) बाट प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय (भृकुटीमण्डप) बाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापन गुल्म (सामाखुसी) समेत ३७ जनाको टोली खोजीमा जुटेको थियो।

टोलीले ५ घण्टा लामो खोजीपश्चात् चन्द्रागिगिरि जंगलबाट राति सवा १ बजे काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ६, महादेवस्थानका २३ वर्षीया रीता गुरुङ, वर्ष १५ का सौभाग्य गुरुङ, वर्ष १३ का सहज गुरुङ,

वर्ष ११ की जेनिशा गुरुङ र वर्ष ७ का एरविन गुरुङको उद्धार गरेको हो। उनीहरु एकै परिवारकाे भएकाे प्रहरीले जनाएकाे छ। उनीहरू आइतबार दिउँसो हिउँ खेल्न भनेर चन्द्रागिरि डाँडा जाँदा जंगलमा हराएका थिए।

 

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार