
काठमाडौं । कोरोना भा’इ’रसको तेस्रो लहरका का’रण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।
कोरोना स’ङ्क्र”मण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीबारसम्म नित्य पूजामात्र हुँदै आएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।
मन्दिर आजदेखि खुले पनि विशेष पूजा भने शनिबारदेखि सुरु गरिने उहाँले बताउनुभयो । करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
प्रशासनको आदेश अनुसार ५०÷५० जना भक्तजनलाई स्वास्थ्य मापदण्डपालना गरी मन्दिर प्रवेश गराइएको छ । महाशिवरात्रि नजिकिएपछि पशुपतिक्षेत्रमा भक्तजनको चहलपहल पनि बढ्ने गरेको छ । यसवर्ष फागुन १७ गते महाशिवरिात्रि पर्व परेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।