२०७९ जेष्ठ ३ मंगलवार

उदयपुरकी २३ वर्षीया चियावालीलाई राम्री देखेर भाईरल बनायो भनेपछि शिशिर भण्डारीको आ’क्रो’श (भिडियो हेर्नुस)

चिाया बेचेर जिविका चलाईरहेकी मेहेनती चेली सरिता केसीको भिडियोलाई लिएर तपाईले दिनु भएको सलह र गाली दुवैलाई समेटेर यो भिडियो बनाएको छु । हेरेर बिषय, सन्दर्भ र भिडियोको सन्देशलाई बुझ्नुहोला ।

पछिल्लो समय शिशिर भण्डारीले आफ्नो युटुबमा एक भिडियो अप्लोड गर्दै पछिल्लो समय उनले युटुबमा प्रस्तुत गरेको बषिय र त्यसमा आएका न’का’रा’त्म’क कमेन्टहरुको सकारा’त्म’क तरिकाले ज’वा’फ सदएका छन् ।

वास्तवमा अ’सनमा चिया बेच्ने उदयपुरकी २३ बर्षकी सरिता केसीको भिडियोप्रति केहि दर्शकहरुको गलत बुझाई भएको उनले बताए । भाई पढाउन र पढ्न चिया बेच्दै सँघर्ष गरिरहेकी सरितालाई पनि भाईरल हुन नाटक गरेको केहि कमेन्ट आयो ।

त्रिचन्द्र कलेजमा व्याचलर ढिरहेकी सरिताले आफुले एकबर्षदेखि गरेको कामलाई नेपाली युवालाई प्रेरणा मिलोस भनेर शिशिरलाई फोन गरेकी थिईन् । पढे लेखेकाले चिया बेच्नु हुन्न अथवा सानो काम भन्दै कामको अपमान गर्न हुन्न, रामे तरिकाले मेहेनत गरेर काम गर्यो भने नेपालमै हिरा फल्छ भन्ने उदाहरण दिन सरिता मिडियामा आईन् ।

यता शिशिरलाई राम्री देखेर मिडियामा ल्यायो, अब म्युजिक भिडियो खेल्छिन्, गायब हुन्छिन् । अन्य चिया बेच्नेहरुप्रति शिशिरको ध्यान किन गएन लगायतका कमेन्टहरुको उक्त शिशिर भण्डारीले यसरी दिए । भिडियो हेर्नुस

 

थप समाचार – माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने साेलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने भएको छ ।

पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाइडिङको माध्यमबाट पनि पर्यटन प्रवर्द्धन गर्न लागिएको हो । त्यहाँ चार दिनअघि मात्र प्याराग्लाइडिङ्को सफल परीक्षण उडान गरियो ।

नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मिटरको उचाइबाट २५० मिटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाइडिङ्को परीक्षण गरिएको हो । सफल परिक्षणले पालिकाबासीलाई उत्साहित बनाएको छ । “हाम्रो परीक्षण सफल भयो” मेयर श्रेष्ठले भन्नुभयो “अब सम्बन्धित निकायबाट स्वीकृति लिएर व्यवसायिक ढङ्गले प्याराग्लाइडिङ सञ्चालन गर्ने सोच छ ।”

परीक्षणका क्रममा प्याराग्लाइडिङ उडानको अनुभव गरेका मेयर श्रेष्ठले कटारीलाई माथिबाट राम्ररी अवलोकन गर्न पाउनुभयोे । कटारी बजार क्षेत्रलाई सुन्दर सहर, आसपासको खोला–नदी, सडक सञ्जाल, सिमसार क्षेत्र, हरियाली बनपाखा र गाउँबस्तीको सुन्दर दृष्य देखिएको उहाँले बताउनुभयो । प्याराग्लाइडिङ एक शाहसिक काम भएको र उडेर नौलो अनुभूति गर्न पाएको उपमेयर भिमकुमारी राउतले बताउनुभयो ।

प्याराग्लाइडिङ्गका पाइलट दिलकुमार सुनुवारका अनुसार कटारी क्षेत्रमा प्याराग्लाइडिङ्गको सम्भावना राम्रो देखिएको छ । प्याराग्लाइडिङको लागि उपयुक्त वातावरण र भूगोल रहेको सुनुवारको भनाइ छ । द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरुले उडान भरेका हुन् ।

कटारीलाई हिमाली भेग र नजिकमा पर्ने जिल्लाहरु साेलुखुम्बुुु, ओखलढुङ्गा, खोटाङलगायतको मुख्य प्रवेशद्वार मानिन्छ । ती जिल्लाका पर्यटकीय गतिविधिसँग कटारीको सडक सम्बन्ध रहेको छ । यसै कारणले पनि पर्यटकहरुको आकर्षण र प्याराग्लाइडिङको व्यावसायिक सम्भावना त्यहाँ देखिएको छ ।

प्याराग्लाइडिङसँगै त्याहाँ जीपलाइन सञ्चालनका लागिसमेत परीक्षण सुरु गरिएको छ । गडी पर्यटन विकास समितिका अध्यक्ष सूर्य तामाङ्का अनुसार प्याराग्लाइडिङ्सँगै जीपलाइन पनि सञ्चालनका लागि परीक्षण सुरु भएको हो ।

उदयपुरको बेलका नगरपालिकामा पनि प्याराग्लाइडिङको सफल परीक्षणपछि बेलाबेला सञ्चालन भइरहेको छ । रौतामाई गाउँपालिकाले पनि प्याराग्लाइडिङ परीक्षण गर्ने जनाएको छ ।

 

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार