२०७९ जेष्ठ २ सोमबार

श्रीमतीलाई विदेश पठाएर श्रीमती कै पैसाले अर्कि लिएर मो’ज गर्दै हिँ’ड्ने श्रीमानसगँ माइती पक्षले यस्तोसम्म गर्यो (भिडियोसहित)

केही दिन अघि मोरङ जिल्लाको उर्लाबारीकि रबिना रोका आफ्नो श्रीमान अर्कै केटि लिएर फ’रार भएको भन्दै खोजी कार्यका लागि सहयोग माग्दै मिडियामा आएकी थिइन् । आफू बैदेशिक रोजगारीमा कुबेत रहेकै बेला यता श्रीमानले अर्कि लिएर हिडेको उनको भनाई थियो ।

एक वर्ष अगाडि नै श्रीमानले अर्कि लिएर हिँडेको भएता पनि आफू एक महिना अघि घर आएकोले अहिले श्रीमान खोज्दै मिडिया मा आएको रबिनाको भनाई थियो । घर परिवारसगँ श्रीमान को सम्पर्क भएता पनि आफुसगँ भने सम्पर्क नभएको उनले बताएकी थिइन् ।

आफू घर सल्लाहले नै वैदेशिक रोजगारिमा गएको तर यता श्रीमानले अर्कि ल्याएको उनले बताईन । रबिना मिडियामा आए पछि भने उनका श्रीमान बिनोद सम्पर्कमा आएका छन । बिनोदसगैँ उनकि कान्छी श्रीमती पनि सम्पर्कमा आएकि छिन ।

सम्पर्कमा आएका श्रीमान बिनोदले भने आफुले रबिनालाई घर बोलाउँदा समेत नआएको बताए । तर रबिनाले भने बिदेशमा भन्ने बित्तिकै आउन नमिलेकोले आफू आउन नसकेको बताईन । तर नेपाल आए पछि आफू सुरु मा घर गएको उनको भनाई छ ।

श्रीमानलाई घर बोलाउँदा पनि घर नआए पछि आफू माइतिमा बसेको उनले बताईन । बिनोदले भने रबिनाले बिदेशबाट जे सुकै गर्नु वास्ता छैन भने पछि आफुले अर्कै बिबाह गरेको बताएका छन । तर रबिनाले भने बिनोदले जति बेला पनि नेपाल आएर डिभोर्स दे भन्न थाले पछि आफुले उक्त कुरा भनेको बताईन । अब आफू श्रीमान बिनोदसगँ बस्न नसक्ने भन्दै आफू र आफ्नो छोराले पाउनु पर्ने अधिकार बिनोदले दिनु पर्ने रबिनाले माग गरेकी छिन ।

रबिनाले उक्त कुरा बताए पछि बिनोदका घर पक्षले आफुहरुसगँ त्यति धेरै सम्पत्ति नभएको भन्दै जति पाउनु पर्ने हो त्यो रबिना र बिनोद दुबैको नभै उनिहरुको छोराले पाउने बताए । बिनोदको घर पक्षको उक्त कुरा आए पछि भने रबिनाका माइती पक्षसगँ केही बिबाद भएको थियो । तर बिनोद पक्षले भने छोराको नाममा भएको रबिनाकै हुने बताए । तर रबिना पक्षले भने छोराले मात्र पाउँदा यदि पछि छोरा बाउसगँ गए रबिनाको बिचल्नी हुने उनिहरुले बताएका छन ।

उनिहरुको विवाद बढ्दै गए पछि सहमती हुन सकेन । बिनोदले भने आफू रबिनासगँ अब बस्न नचाहेको र दिनका लागि आफुसगँ केही नभएको पनि बताए । आफुहरुले वार्ड कार्यलय गएर जे जस्तो भए पनि सहमती गर्ने बिनोद पक्षको भनाई रहेको थियो । उनिहरुको कुनै सहमती नभए पछि प्रहरी कार्यलय जाने रबिना पक्षले बताए । बिनोद आफु बरु जेल समेत जान तयार भएको भन्दै रबिनालाई दिन केहि नभएको बताए । बिनोद सहमतिमा नआए पछि उनलाई प्रहरिको जिम्मामा पठाइएको छ ।

भिडियो हेर्नुस :-

२०७८ माघ २९, शनिबार प्रकाशित 1 Minute 417 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार