२०७९ असार १२ आईतवार

भ्यालेनटाइन् डे विशेष : पल शाह र पूजा शर्माको रोमान्टिक भिडियो सार्वजनिक (भिडियो सहित)

फिल्म ‘म यस्तो गीत गाउँछु २’ समुहले दर्शकलाई भ्यालेन्टाइन्स डे को उपहार ल्याएको छ । नायक पल शाह र नायिका पूजा शर्माले आफ्नै सम्झी परेली रोमान्टिक गीतको भिडियो प्रेम दिवसको उपहार ल्याएका हुन् ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत र एरेञ्ज छ । गीतमा स्वर सुरेश लामा र अस्मिता अधिकारीले दिएका छन् । यो गीत म यस्तो गीत गाउँछु मा समावेश सुपरहिट गीत भन्छु आजको केही अंश हो । सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा समावेश तिम्रो घरको वरिपरी गीत हिट भैसकेको छ । प्रदर्शन मिती तोकिएसँगै निर्माण टिमले प्रचारलाई तिव्रता दिइरहेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार साँझ बाडफाँट गरेकाे हो ।

लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।

त्यस अनुसार २५ हजार ८७ हजार ४१२ जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।माग भन्दा बढी आवेदन परेकोले धितो निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आवेदक मध्ये ४८ हजार ७९० जना भाग्यमानीले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।

लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड भएको हो । हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

२०७८ फाल्गुन २, सोमबार प्रकाशित 1 Minute 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?