
गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक ख’न्ने क्रममा माथिबाट ढुङ्गाहरू ख’से’र जेसि’बि पु’रिँ’दा चा’लकको मृ”त्यु भएको छ ।
मृत्यु हुनेमा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरी छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो । जेसिबि पुरिएको र चालकको घ”ट’नास्थलमै मृ”त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घ”ट’नास्थलमा पुगेको थियो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट ख’टिएको प्रहरीले थप अ’नु’स’न्धान’ गरिरहेको छ ।
यो पनि, बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न यहाँका किसान सामूहिक खेतीमा लागेका छन् । गलकोट नगरपालिका–७ मल्म, टोक्रीका किसानले समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् ।
जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको राम्चेढुङ्गा कृषि तथा पशुपालन समूहका अध्यक्ष विष्णु थापाले बताउनुभयो ।
वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँ हो, टोक्री । अध्यक्ष थापाका अनुसार त्यहाँको झण्डै ९० प्रतिशत खेतीयोग्य जग्गा बाँझो छ । समूहले पहिलो चरणमा दश रोपनीमा आलुखेती लगाएको छ ।
अरु तरकारी र अन्न बालीको खेती विस्तार गर्ने योजनामा समूह लागेको छ । “आलुसँगै टिमुर, बेसार, अकबरे खुर्सानी, फर्सी, उखुलगायतको व्यावसायिक खेती गर्ने तयारी छ”, अध्यक्ष थापाले भन्नुभयो, “जग्गा पनि व्यवस्थापन गर्दै जाने, खेती पनि बढाउँदै लाने सोचमा छौँ ।”
आलु खेतीका लागि स्थानीय यमकली थापाले जग्गा उपलब्ध गराएको सो समूहले जनाएको छ । उहाँको परिवारका सदस्य बुटवल र जापानमा छन् । गाउँ बसेर खेती किसानी गर्ने कोही नभएपछि यमकलीको बारी यसै बाँझो पल्टिएको थियो ।
“समूहले बाँझो जग्गामा खेतीबाली लगाउन थालेको थाहा पाएपछि विदेशमा रहेकाले पनि आफ्नो बारीमा खेती गर्न भन्दै फोन गर्न थाल्नुभएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “गाउँलाई आयआर्जनसँग जोड्ने, बसाइँसराइ र विदेश पलायनलाई पनि कम गर्ने उद्देश्यले सामूहिक उत्पादनमा लागेका हौँ ।”
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई nayapostne[email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।