२०७९ असार १२ आईतवार

खोटाङको हलेसी मन्दिर खुला गर्दै पूजाआजा सुरु

खोटाङ । कोरोना सं’क्र’मणको माध्यम बन्ने सम्भाबना बढेपछि गएको माघ ७ गतेदेखि बन्द रहेको हलेसी मन्दिर खुल्ला गरिएको छ । तेस्रो लहर सुरु भएसँगै भक्तजनहरु आउजाउ बन्द भएको मन्दिर पछिल्लो समय सं’क्र’मण घटेसँगै प्रवेश खुलाइएको हो ।

खोटाङको हलेसीमा अवस्थित हलेसी मन्दिरलाई पूर्वको पशुपतिनाथको उपनामले समेत चिनिन्छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको मन्दिर फागुन १ गतेदेखि खुलाउने निर्णय भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिएका छन् ।

तेस्रो लहरको संक्रमण समुदायस्तरमै बढ्न थालेपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर बन्द गरिएको थियो । दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि पूजारीहरुद्धारा मन्दिरमा साँझ बिहानको नित्य पूजा भने हुँदै आएको थियो ।

यसअघि पनि कोरोनाकै दोस्रो लहरका कारण बन्द गरिएको मन्दिर ८ महिनापछि गत भदौमा मात्र खुल्ला गरिएको थियो । त्यसको केही महिनामै फेरि बन्द भएपछि फागुन १ अर्थात आज खोल्न लागिएको हो ।

धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

गुफामा हिन्दु, बौद्ध र किराँत धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् ।

हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरू दोस्रो लुम्बिनीको रूपमा र किराँत धर्मावलम्बीहरूले आदिम भूमि तथा सुम्निमा र पारुहाङको आस्थासहित पूज्दै आएका छन् ।

२०७८ फाल्गुन ४, बुधबार प्रकाशित 1 Minute 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?