२०७९ जेष्ठ ९ सोमबार

बानेश्वर, बबरमहल क्षेत्र त’ना’वग्र’स्त, प्रहरी र प्रदर्शनकारीबीच झड’प (भिडियो हेर्नुस)

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एम सीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झ,डप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तना,वको स्थिति छ ।

झ,डपमा वाईसीएल संयोजक सुमन देवकोटा घा,इते भएका छन् । प्रहरीले केही प्रदर्शनकारी लाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोह न वैद्य नेतृत्वको नेकपा क्रान्ति कारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि

बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरो,धमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समूह पनि एमसीसीको वि,रोधमा मिसिएको छ ।

वि,रोध प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै सभा,मुखले एम,सीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।

https://fb.watch/bcxkluF7oR/

–भिडियो हेर्न यहाँ थिच्नुहोस्

२०७८ फाल्गुन ४, बुधबार प्रकाशित 1 Minute 877 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार