२०७९ जेष्ठ ४ बुधबार

घर अगाडि कारमा श’व भेटिएका प्रसिद्ध लोकगीत गायक लामाको मृ’त्यु कसरी भयो ? (भिडियो हेर्नुस)

काठमाडौं / बुधबार विहान घर अगाडि मृत भेटिएका प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनबारे प्रहरीले अनुसन्धान थालेको छ ।

लामाको निधन शंकास्पद भन्दै परिवारका सदस्य र शुभेच्छुक ले प्रश्न उठाएको र शव नै शंकास्पद अवस्थामा फेला परेपछि भक्तपुर प्रहरीले अनुसन्धान थालेको हो ।

प्रारम्भिक अनुसन्धानमा गाडीबाट झर्ने क्रममा पर्खालमा ठो क्किएर मृत्यु भएको निष्कर्ष प्रहरी ले निकालेको छ । यद्यपी पोस्टमार्टम रिपोर्ट आएपछि थप स्पष्ट हुने प्रहरी बताउँछ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेकाअनुसार कलाकार लामा मध्यपुरथिमी-१ लोकन्थली स्थित सचेत मार्गमा रहेको आफ्नै घर अगाडि मृत भेटिएका थिए ।

बुधबार विहान उनी बा३च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी भुइँमा जोतिएको अवस्थामा भेटि एका थिए ।

उनी मंगलबार साँझ सात बजे बौद्धमा एक बैठकमा सहभागी हुन भन्दै घरबाट निस्किएका थिए । प्रहरीकाअनु,,सार उनी मिटिङबाट घर फर्किँदा कारबाट ओर्लने क्रममा लडेर अगाडिको पर्खालमा टाउको ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

आफन्तले उनलाई विहान ७ बजे गाडीमा खुट्टा र टाउको भुइमा जोतिएको अवस्थामा मृत भेटाए का थिए । प्रहरीकाअनुसार आफन्तले राती २ बजेतिर गाडीको आवाज सुनेको बताएका छन् ।

उनको शव पोष्टमार्टमको लागि शिक्षण अस्प ताल महाराज गन्जमा पठाइएको डीएसपी पाण्डेले जानकारी दिए । पोस्ट मार्टम रिपोर्ट आएपछि थप कारण खुल्ने उनको भनाइ छ । उनकाअनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले पाँच वर्षअघि गायन यात्रा शुरु गरेका थिए । उनको कलकत्ते काइयो, चुइचुई चुइकने जुत्ता, मेरा माया ट भने, नक्कलीलाई पातलीलाईलगा यतका गीत चर्चामा छन्

गायनमामात्रै नभएर कलाकारितामासमेत अब्बल अभिनय गर्ने लामाले सय बढी फिलिममा काम गरेका छन् । पछिल्लो समय उनी हल्का रमाइलो हाँस्य श्रृंखलामा पनि सक्रिय थिए ।

हेर्नुस भिडीओमा।

 

२०७८ फाल्गुन ११, बुधबार प्रकाशित 1 Minute 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार