२०७९ जेष्ठ २ सोमबार

पल–समीक्षा प्रकरणमा दीपकराज र शिव परियारको यस्तो धारणा

काठमाडौं । अहिले नेपालमा नायक पल शाह निकै चर्चा र विवादको घेरामा छन्। नाबालिग गायिकासँगको सम्बन्धका कारण उनी समस्यामा परेका छन्।

गायिकाले पलविरुद्ध ज,बर–जस्ती क,रणीको मुद्धा हालिसकेकी छिन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको छ।

पछिल्लो समय पल र समीक्षालगायत अन्य व्यक्तिहरुको एक अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा पलले समीक्षालाई सम्झाउने प्रयास गरेका थिए ।

हाल पलले पनि आफूविरु’द्ध ष’ड्यन्त्र भएको भन्दै काउन्टर अडियो सार्वजनिक गरेका छन्। पलले नामै तोकेर साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागार्ईं उनीविरुद्धको षड्यन्त्रमा संलग्न बताएका छन् ।

पलले सार्वजनिक गरेको अडियोमा ती व्यक्तिहरुले पललाई जालमा पार्न समीक्षालाई उपायहरु दिएको सुन्न सकिन्छ।

पल–समीक्षा विवादबारे कलाकार दिपकराज गिरीले पनि आफ्नो राय व्यक्त गरेका छन्। उनले रामायणसँग जोडेर आफ्नो धारणा दिएका छन्। गिरीले फेसबुकमा लेखेका छन्, ‘रामले युद्ध जीते किनकि पछाडि बादर सेना नै भिषण थिए ।

रावणले युद्द हारे किनकि उनका पछाडि बिभिषण हरू थिए । शुभदिन !’

पल प्रकरणलाई इंगित गर्दै गायक शिव परियारले यस्तो लेखे

पल शाह प्रकरणलाई इंगित गर्दै गायक शिव परियारले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । सिने क्षेत्रमा पछिलो समय देखिएको घटना क्रमले समग्र रुपमा तपाँई हामि समग्र कलाकार कै नाक काटिएको भन्दै यस्तो सबै नभई दिएको भए हुने थियो भनेका छन् ।

गायक परियारले कलाहरुको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् पोष्ट गर्दै यस्तो लेखेक हुन् । कसैको नाम उल्लेख नगरेपनि सिनेक्षेत्रमा केहि दिन देखि पल प्रकरणले चर्चा पाइरहेका बेला उनको यस्तो स्टाट्स आउनुले पनि यहि घटनालाई इंगित गरेको भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

यस्तो छ गायक शिवको पोष्ट

घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशिले गद गद होला, एउटा पक्ष दुखाईले भत्त भति होला | तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उधोग र चलचित्र उधोग र तपाँई हामि समग्र कलाकार कै नाक काटिएको छ है |

कलाहरुको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ | ‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको बिधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको थियो, यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको छ | खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो |

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार