२०७९ जेष्ठ ३ मंगलवार

बानेश्वर संसद भवन अगाडि भेटियो संकास्मत कुकुर बम (हेर्नुस भिडियोमा)

भिडियो हेर्नुस समाचारको अन्त्यमा राखिएको छ- आजै एमसिसी पारित गर्ने गरी आयो बैठकको कार्यसूचि लाइभ (हेर्नुस भिडिओ)संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनि यम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) अनुदानसम्ब न्धी विस्तृत छलफल सुरू भएको छ।

यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसि सीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वी कृत गरेको थियो।बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए।

छलफलमा सबैजसो पार्टीका सांसद्हरूले भाग लिएका थिए। सदन अवरोध गरिरहेको नेकपा एमालेका सांसद् भीम रावलले समेत आफ्नो धारणा राखेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले आजै एमसिसी पारित गराउने गरि आजै दोस्रो बैठक राखेका हुन्।

यो पनि,,यस्ता छन् मन्त्रिपरिषद्ले संसदमा पेस गर्न लागेको एमसिसीबारे व्याख्यात्मक घोषणाका १२ बुँदा मन्त्रिपरिषद्ले अमेरिकी सहयोग परियोजना एमसिसीमा १२ बुँदे व्याख्यात्मक घोषणा संसद मा पेस गर्ने निर्णय गरेको छ।आइतबार साँझ संस द भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले विभिन्न विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गरेको हो।

अहिले केहीबेरमा बस्ने प्रतिनिधि सभाको बैठ कमा सरकारले यो व्याख्यात्मक घोषणा पेस गर्नेछ।व्याख्यात्मक घोषणासहित एमसिसी आजै पारित गर्ने सरकारको तयारी छ।

यस्ता छन् व्याख्यात्मक घोषणाका १२ बुँदा

१.कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरि काको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ।

२. देशको मूल कानुनको रूपमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरू भन्दा माथि रहेको छ भनी घोषणा गर्दछ।

३. कम्प्याक्ट दफा २.७, दफा ५.१ (ख) (३) दफा ५.१ (ख) (४) को सम्बन्धमा कम्प्याक्टका ती दफाहरूको उ,,द्देश्य एमसिसी अनुदान तथा परियोजनाको सम्पत्ति उपयोगका सन्दर्भमा मात्रै लागू हुनेछ भन्ने बुझाइ नेपालको रहेको छ।

र ती प्रावधानले एमसिसीको अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्य मान वा भविष्यमा निर्माण हुने अमेरिकी कानुन वा नीतिहरूको पालना गर्न नेपाल वाध्य छैन भनी घोषणा गर्दछ।

४. कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले सञ्चालन गर्ने क्रियाकलाप नेपालको कानुनद्वारा निर्देशित र कम्प्याक्टअनु सार नियमित हुनेछ भनी घोषणा गर्दछ।

५. कम्प्याक्टको दफा ३.२ (च) को सम्बन्ध कम्प्याक्टको उपयोगबाट सिर्जना हुने बौद्धिक सम्पत्तिमाथि एमसिसी स्वा मित्व रहने छैन। कम्प्याक्ट कार्यक्रमअन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिउपर नेपालको स्वामित्व रहनेछ र यसको पूर्ण उपयोग नेपालले गर्न पाउनेछ भनी घोषणा गर्दछ।

६. कम्प्याक्टको दफा ३.५ को सम्बन्धमा कार्यान्वयन पत्रहरू कम्प्याक्टको दायराभित्र लागू गरिनेछ भनी घोषणा गर्दछ।

७. कम्प्याक्टको दफ ३.८ (क) को सम्बन्धमा एमसिए नेपाल का सबै क्रियाकलाप तथा को षको लेखा परीक्षण प्रच,,लित कानुनबमोजिम महालेखा परीक्षकबाट समेत हुने भनी घोषणा गर्दछ।

८. कम्प्याक्टको दफा ५.१ (क) को सम्बन्धमा नेपालले तीस दिनको लिखित पूर्वसूचना दिई बिना कुनै कारण कम्प्या,,क्ट अन्त्य गर्न पाउने अधिकारका अतिरिक्त कम्प्याक्टअन्तर्गतका क्रियाकलाप कार्यक्रम सञ्चालन गर्दा नेपालको कानुन वा नीति उल्लंघन भएकोमा समेत तीस दिनको लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार राख्दछ भनी घो,षणा गर्दछ।

९. कम्प्याक्टको दफा ५.५ को सम्बन्धमा कम्प्या क्टको समा प्ति, निलम्बन वा अन्त्यपछि पनि ला गू हुने भनिएका प्रावधा नहरू कम्प्याक्ट कार्यक्र म र एमसिसीको अनुदानको उपयोग ल गायत कम्प्याक्टअन्तर्गतका परियोजनाहरूको मूल्यां कन, लेखा परीक्षण र करको फरफारकको हद सम्म मात्र सान्दर्भिक हुनेछ भनी घोषणा गर्दछ।

१०. कम्प्याक्टको दफा ७.१को सम्बन्धमा कम्प्याक्ट अन्तर्गत का कार्यक्रमको कार्यान्वयन कम्प्याक्ट तथा नेपालको प्रचलित राष्ट्रिय कानुन बमोजिम हुनेछ भनी घोषणा गर्दछ।

११. कम्प्याक्टको दफा ८.१ को सम्बन्धमा विद्युत प्रसारण परियोजनालगायतका सबै चल तथा अचल सम्पत्ति र परियो जनासँग सम्बन्धित जग्गा नेपाल सरकार वा नेपाल सरकारका निकायहरूको स्वामित्वमा रहनेछ भनी घोषणा गर्दछ।

१२. कम्प्याक्टमा रहेका प्रावधानहरूको आशय र प्रयोगका बारेमा मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट २०७८ भदौ २३ मा नेपालले प्राप्त गरेको स्पष्टीकरणले कम्प्याक्टको व्याख्या तथा कार्यान्वयनमा मद्दत गर्ने बुझाइ नेपालको रहेको छ। ***हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार