२०७९ असार १२ आईतवार

भर्खरै ट्रकले कारलाई ठ’क्क’र दिँदा बैंक म्यानेजरको मृ’त्यु, दुई जना घा’इते

कपिलवस्तु- कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ । बाणगंगा नगरपालिक- १ पिपराका अनु’राग पाण्डेकाे दु’र्घ’ट’नामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए ।

उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । बा ६ ४ ३३८७ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दु’र्घ’टना भएकाे हाे । मंगलबार राति भएकाे दु’र्घ’ट’ना’मा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् । पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

थप समाचार – माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने साेलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने भएको छ ।

पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाइडिङको माध्यमबाट पनि पर्यटन प्रवर्द्धन गर्न लागिएको हो । त्यहाँ चार दिनअघि मात्र प्याराग्लाइडिङ्को सफल परीक्षण उडान गरियो ।

नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मिटरको उचाइबाट २५० मिटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाइडिङ्को परीक्षण गरिएको हो । सफल परिक्षणले पालिकाबासीलाई उत्साहित बनाएको छ । “हाम्रो परीक्षण सफल भयो” मेयर श्रेष्ठले भन्नुभयो “अब सम्बन्धित निकायबाट स्वीकृति लिएर व्यवसायिक ढङ्गले प्याराग्लाइडिङ सञ्चालन गर्ने सोच छ ।”
परीक्षणका क्रममा प्याराग्लाइडिङ उडानको अनुभव गरेका मेयर श्रेष्ठले कटारीलाई माथिबाट राम्ररी अवलोकन गर्न पाउनुभयोे । कटारी बजार क्षेत्रलाई सुन्दर सहर, आसपासको खोला–नदी, सडक सञ्जाल, सिमसार क्षेत्र, हरियाली बनपाखा र गाउँबस्तीको सुन्दर दृष्य देखिएको उहाँले बताउनुभयो । प्याराग्लाइडिङ एक शाहसिक काम भएको र उडेर नौलो अनुभूति गर्न पाएको उपमेयर भिमकुमारी राउतले बताउनुभयो ।

प्याराग्लाइडिङ्गका पाइलट दिलकुमार सुनुवारका अनुसार कटारी क्षेत्रमा प्याराग्लाइडिङ्गको सम्भावना राम्रो देखिएको छ । प्याराग्लाइडिङको लागि उपयुक्त वातावरण र भूगोल रहेको सुनुवारको भनाइ छ । द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरुले उडान भरेका हुन् ।

कटारीलाई हिमाली भेग र नजिकमा पर्ने जिल्लाहरु साेलुखुम्बुुु, ओखलढुङ्गा, खोटाङलगायतको मुख्य प्रवेशद्वार मानिन्छ । ती जिल्लाका पर्यटकीय गतिविधिसँग कटारीको सडक सम्बन्ध रहेको छ । यसै कारणले पनि पर्यटकहरुको आकर्षण र प्याराग्लाइडिङको व्यावसायिक सम्भावना त्यहाँ देखिएको छ ।

प्याराग्लाइडिङसँगै त्याहाँ जीपलाइन सञ्चालनका लागिसमेत परीक्षण सुरु गरिएको छ । गडी पर्यटन विकास समितिका अध्यक्ष सूर्य तामाङ्का अनुसार प्याराग्लाइडिङ्सँगै जीपलाइन पनि सञ्चालनका लागि परीक्षण सुरु भएको हो ।

उदयपुरको बेलका नगरपालिकामा पनि प्याराग्लाइडिङको सफल परीक्षणपछि बेलाबेला सञ्चालन भइरहेको छ । रौतामाई गाउँपालिकाले पनि प्याराग्लाइडिङ परीक्षण गर्ने जनाएको छ ।

२०७८ पुष १४, बुधबार प्रकाशित 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?