२०७९ जेष्ठ २ सोमबार

प्रचण्ड जति ‘गद्दार’ र गगन जस्तो ‘दलाल’ अरु कोही देखिएनः प्रकाण्ड

काठमाडौं । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्र’काण्ड’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आ’क्रो”श व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले एमसीसी राष्ट्रको हित विपरित रहेको जनाएको छ । उक्त कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्डले प्रचण्डकै कारण १५ गते एमसीसी पारित भएको आ’रो”प लगाए ।

उनले भने- ‘प्रचण्डजी जस्तो दलाल र राष्ट्र”घा’ती, राष्ट्रकावि”रु’द्ध ग’द्दार’ गर्ने अरु कोही देखिएन । प्रचण्डजीकै कारण १५ गते एमसीसी पारित भयो ।’उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि अमेरिकी दलाल भएको आ”रो”प लगाए ।

उनले बुढा दलालहरुले गर्न नसकेपछि युवा दलालहरु सक्रिय भएको दा”बी पनि गरे । उनले भने, ‘बुढापाका दलालहरुले नसकेपछि युवा नेताका नाममा दलाली सुरु गरे ।’

उनले अब आफूहरुले एमसीसी लागु हुन नदिने पनि बताए । उनले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको र १२ बुँदे व्या’ख्या’त्मक घोषणा गलत भएको आरोप पनि लगाए ।

सदनबाटै एमसीसी पारित गरेर सरकारले जनताको भावनाबिपरित एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै आफूहरुले यसलाई रोक्ने चे’ता”वनी पनि दिए ।

एमसीसी आर्थिक परियोजना मात्र नभएर सैन्य रणनीतिका लागि आएको १२ बुँदेले पुष्टि गरेको पनि उनले दा”बी गरे । अब एमसीसीको वि”रो’धमा जनता उ’र्लने भन्दै जनताको बलमा एमसीसी लागू हुन नदिने उनको भनाइ छ । -दैनिक न्यूज नेपाल

 

२०७८ फाल्गुन १९, बिहीबार प्रकाशित 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार