
काठमाडौं / यतिबेला सामाजिक सञ्जाल पलमय बनेको छ । नाबालिक गायिकाले तनहुँ प्रहरी कार्यलयमा पुर्ण विक्रम शाह उर्फ पल शाह वि’रु”द्ध जब’र्जस्ती कर’णीको जाहेरी दर्ता गराएपछि अहिले शाह तनहुँ प्रहरीको नियन्त्रणमा रहेको छ ।
नायक शाहले जाहेरी दर्ता परेपछि आफू निर्दोष रहेको र फ’सा’उन खोजेको भन्दै केही नाम सहित अडियो सार्वजनिक गरेका थिए ।
पल शाहले सार्वजनिक गरेका नाम लिस्टमा गायक दुर्गेश थापा लगायत अन्य ३ जनाको नाम समेटिएको थियो । यसै बिचमा तनहुँ प्रहरीले सोधपुछका दुर्गेश थापालाई तनहुँ बोलाएका थिए।
गत बुधबार तनहुँ पुगेका थापाले पनि पल शाह वि’रु’द्ध जाहेरी दिएको जानकारी आएको छ । अभिनेता पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउछु २ सफलतापुर्बक दोस्रो हप्तामा चलिरहेको छ ।
थप समाचार : काठमाडौं / नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गा’लीग’लौ’ज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्। थापाले आफूहरुको चरित्र ह’ ‘त्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडिया र सर्मिला वाइबाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।
विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गा ली बे’इ’ज्ज’ती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्।
आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गा’लीग’लौ’ज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको रेखाले बताइन् ।
शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीवि’रू’द्ध घृ’णा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए।
व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।