२०७९ जेष्ठ ३ मंगलवार

पूर्वराजा वीरेन्द्रलाई सम्झँदै रविन्द्रले लेखे, ‘उनको सयनकक्ष देखेर छक्क परेँ’

काठमाडौं । आज पुष १४ गते, दिवंगत राजा वीरेन्द्र शाहको ७७ औं जन्मजयन्ती। सामाजिक सञ्जालमार्फत धेरै नेपालीहरुले उनलाई स्म’रण गरिरहेका छन्।यस्तै शाहबाट विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि उनलाई स’म्झिएका छन्।

मिश्रले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै वीरेन्द्रको प्रशंसा पनि गरेका छन्। उनले राजा वीरेन्द्रको सयनकक्ष देखेर आफू छ”क्क परेको पनि उल्लेख गरेका छन्।मिश्रले २०४६ सालमा राजा वीरेन्द्रले विदेशीको सामू झुक्नु भन्दा नेपाली जनताकै सामू झुक्छु भन्ने धारणा व्यक्त गरेको भन्दै उनलाई स्मर’ण गरेका छन्।

“विदेशीको सामू झुक्नु भन्दा नेपाली जनताकै सामू झुक्छु! २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा राजा वीरेन्द्रको धारणा,’ मिश्रले अघि लेखेका छन्, ‘उनीसँग मेरो कहिल्यै भेट भएन। बरू, बेलाबखत लेखहरूमा आलोचना गरेँ।’

उनले अघि लेखेका छन्, ‘पछि, मध्यम वर्गीय उनको सयनकक्ष देखेर छक्क परेँ। उनका सारा सम्पत्तिको खोजतलास हुँदा व्यापकरूपमा फैल्याएको कथ्य झैँ देश–विदेशमा उनको ‘पम्फादेवीरूपी’ अथाह सम्पत्ति नभेटिएपछि, कलेज पढ्दा उनीमाथि लगाइएका आरोपहरू सम्झिएँ। मेरो, न लेना, न देना।

तर यिनका कयौँ कमजोरीका वावजुद, यिनको फोटो देख्ने वित्तिकै श्रद्धाले ह्रिदय भरिन्छ। आज राजा वीरेन्द्रको ७६ औँ जन्मजयन्ती। भावपूर्ण श्र’द्धाञ्ज’ली अ’र्पण गर्दछु!’

 

२०७८ पुष १४, बुधबार प्रकाशित 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार